ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा होटल–रेष्टुरेन्टमा हुक्का र चुरोटमा कडाइ, नियम उल्लंघन गरे कारबाही हुने


ABC NEWS
२१ श्रावण २०८३, बिहिबार   ९ : ३२   बजे

काठमाडौं — जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाभित्र सञ्चालित होटल, रेष्टुरेन्ट तथा अन्य सार्वजनिक स्थलमा हुक्का र चुरोट सेवनलाई थप व्यवस्थित बनाउन कडाइ गर्ने भएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बुधबार जारी गरेको सूचनामा प्रचलित कानुनअनुसार मात्रै धूम्रपान गर्न पाइने स्पष्ट पारिएको छ। सूचनाअनुसार धूम्रपानका लागि चारैतिरबाट बन्द गरिएको छुट्टै स्थान (Designated Smoking Area) व्यवस्था गर्नुपर्नेछ, जसबाट अन्य व्यक्तिलाई धुवाँ वा गन्धको असर नपुग्ने सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ।

प्रशासनले होटल तथा रेष्टुरेन्टहरूले धूम्रपानसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ पालना गर्नुपर्ने भन्दै अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

प्रशासनले जारी गरेको सूचनामा नियमविपरीत खुला रूपमा हुक्का वा चुरोट सेवन गराउन वा कानुनले तोकेका मापदण्ड उल्लंघन गरेको पाइए कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।

कानुनले के भन्छ ?

सुर्तीजन्य तथा मदिराजन्य पदार्थ (नियन्त्रण तथा नियमन) सम्बन्धी प्रचलित कानुनी व्यवस्थाअनुसार:

  • सार्वजनिक स्थानमा धूम्रपान गर्न पाइँदैन।
  • होटल, रेष्टुरेन्ट, बार वा अन्य सेवा प्रदायकले धूम्रपानका लागि छुट्टै बन्द स्थानको व्यवस्था गर्न सक्छन्।
  • उक्त स्थानबाट धुवाँ अन्य क्षेत्रमा फैलिन नहुने व्यवस्था अनिवार्य गर्नुपर्छ।
  • नियम उल्लंघन गर्ने व्यक्ति तथा संस्था दुवैलाई कानुनअनुसार जरिवाना वा अन्य प्रशासनिक कारबाही हुन सक्छ।

जिल्ला प्रशासन कार्यालयले व्यवसायीहरूलाई कानुनी व्यवस्था पूर्ण रूपमा पालना गर्न आग्रह गर्दै उल्लंघन गर्नेविरुद्ध अधिकतम कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी विपत्तिमा पुनको १८ बुँदे सुझाव, राष्ट्रिय हिमालय विपद् कोषदेखि दातृ सम्मेलनसम्म

भोटेकोसी बाढी उद्धारमा सरकारलाई रास्वपाको आग्रह : ‘खोज, उद्धार र राहत थप प्रभावकारी बनाऔँ’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्ब ४६ करोड नाघ्यो

रसुवा बाढीपछि पुनर्निर्माण तीव्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन

EU Foreign Ministers Fail to Break Deadlock Over Israel and Ukraine

Norway Seizes Russian Ship in Arctic Over Crimea Compensation Claim

त्रिशूली नदी किनारमा ७२ शव तथा मानव अंग फेला

Rescue Efforts Continue as Nepal-China Flood Death Toll Surpasses 1,270

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu