ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिशुवामा निःशुल्क स्वास्थ्य शिविर, १५० भन्दा बढी नागरिक लाभान्वित


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ६ : ४५   बजे

पोखरा । लायन्स क्लब अफ पोखरा नेचुरल टाउनको आयोजनामा पोखरा महानगरपालिका–३०, शिशुवामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट १५० भन्दा बढी स्थानीय नागरिक लाभान्वित भएका छन्।

शिशुवा ज्येष्ठ नागरिक समाजको सहयोग तथा लाइफ केयर डाइनेस्टिसको प्राविधिक सहकार्यमा आयोजित शिविरमा बाथ, नशासम्बन्धी समस्या, मधुमेह, उच्च रक्तचापलगायत विभिन्न रोगको परीक्षण तथा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परामर्श प्रदान गरिएको थियो।

कार्यक्रम संयोजक एवं लायन्स क्लबका पूर्वअध्यक्ष सुन्दर शर्मा पौडेलले ज्येष्ठ नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताए। यस्ता कार्यक्रमले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धिसँगै प्रारम्भिक स्वास्थ्य परीक्षणमा समेत सहयोग पुग्ने उनको भनाइ थियो।

कार्यक्रमका प्रमुख अतिथि एवं पोखरा महानगरपालिका–३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले ज्येष्ठ नागरिकको शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यप्रति पनि समान रूपमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। उनले ज्येष्ठ नागरिकको सम्मान, स्वास्थ्य सुरक्षा र सामाजिक संरक्षणका लागि परिवार, समुदाय तथा स्थानीय तहबीच सहकार्य आवश्यक रहेको बताए।

लायन्स क्लब अफ पोखरा नेचुरल टाउनकी अध्यक्ष समीक्षा तिमिल्सेनाले ज्येष्ठ नागरिकप्रति सम्मान र सेवा गर्नु सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पक्ष भएको बताउँदै क्लबले आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा लाइफ केयर अस्पताल पोखराका अध्यक्ष पुरुषोत्तम सुवेदी, वरिष्ठ चिकित्सक डा. विद्याभूषण ताम्राकार, क्लबका सचिव बुद्धिराम सुवेदीलगायतले स्वास्थ्य सेवाको पहुँच विस्तारमा यस्ता शिविर प्रभावकारी हुने धारणा राखेका थिए।

आयोजकका अनुसार शिविरमा सहभागी नागरिकले निःशुल्क स्वास्थ्य परीक्षण, आवश्यक स्वास्थ्य परामर्श तथा रोग पहिचानसम्बन्धी सेवा प्राप्त गरेका थिए। स्थानीय स्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिने क्लबले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५जी सुरु गर्न टेलिकम कम्पनीलाई प्राधिकरणको निर्देशन, लगानीमा भने अन्योल

विश्व आदिवासी दिवस आज : ४७ करोडभन्दा बढी आदिवासी समुदायको अधिकार, विश्वभर विविध कार्यक्रम

सम्बन्धित

बिल लिने बानी, कर बढ्ने आधार : ‘करदाता प्रोत्साहन’ ले बदल्न सक्छ राजस्व संस्कृति 

पीपीए रोकिन्दा ३२ खर्बको लगानी रोकियो : जलविद्युत् अड्किँदा अर्थतन्त्रले गुमाइरहेको ठूलो अवसर

सेबोनले संस्थागत लगानीकर्ता बढाउने, साना लगानीकर्ताको प्रत्यक्ष सहभागिता घटाउने तयारी

कुमारी बैंकका ३.२ लाखभन्दा बढी संस्थापक शेयर बिक्रीमा, विद्यमान संस्थापकलाई ३५ दिनभित्र आवेदन दिन आग्रह

प्रधानमन्त्री बालेनका दुई सन्देश : भावुक अभिव्यक्तिदेखि सरकारी संस्थानको प्रगतिको दाबी

पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, २० जनालाई कारबाही

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu