ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेबोनले संस्थागत लगानीकर्ता बढाउने, साना लगानीकर्ताको प्रत्यक्ष सहभागिता घटाउने तयारी


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ८ : १५   बजे

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजी बजारलाई स्थिर र परिपक्व बनाउन संस्थागत लगानीकर्ताको सहभागिता बढाउने तयारी गरेको छ।

बोर्डका अनुसार व्यक्तिगत तथा साना लगानीकर्ताको अत्यधिक सहभागिताले बजारमा अल्पकालीन कारोबार, हल्लाका आधारमा लगानी र मूल्यमा अस्वाभाविक उतारचढावको जोखिम बढाएको छ। त्यसैले संस्थागत लगानीकर्तालाई बजारको ‘स्टेबलाइजर’ का रूपमा विकास गर्ने योजना अघि सारिएको हो।

बोर्डले संस्थागत लगानीकर्ताको हिस्सा ४० देखि ५० प्रतिशतसम्म पुर्‍याउने मोडालिटीमा काम गरिरहेको जनाएको छ। म्युचुअल फन्ड, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, बिमा कम्पनीलगायत संस्थालाई बजारमा थप सक्रिय बनाउने योजना छ।

सेबोनले बुक बिल्डिङ प्रणालीलाई पनि प्राथमिकता दिने भएको छ। यस प्रणालीमा योग्य संस्थागत लगानीकर्ताले पहिले सेयरको मूल्य निर्धारण गर्ने र त्यसपछि सर्वसाधारणका लागि सेयर निष्कासन गरिनेछ।

बोर्डका अध्यक्ष डा. गोपाल भट्टले संस्थागत लगानीकर्तालाई मूल्य निर्धारणमा बढी जिम्मेवार बनाएर बजारलाई स्थिर र व्यावसायिक बनाउनुपर्ने बताएका छन्।

यद्यपि, व्यक्तिगत लगानीकर्तालाई प्रत्यक्ष रूपमा बजारमा प्रवेश गर्न रोक्ने नभई उनीहरूलाई म्युचुअल फन्ड, एसआईपी तथा पोर्टफोलियो व्यवस्थापनजस्ता व्यावसायिक माध्यमबाट लगानी गर्न प्रोत्साहित गर्ने तयारी छ।

सेबोनले संस्थागत लगानी विस्तारका लागि कर्पोरेट ऋणपत्र बजार, निजी इक्विटी तथा भेञ्चर क्यापिटल, गैरआवासीय नेपालीको लगानी र स्टार्टअपका लागि वैकल्पिक पुँजी बजार विकासलाई समेत प्राथमिकतामा राखेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१४.२ केजी सिलिन्डरमा फर्किएपछि देखिएको ग्यास अभाव घट्दै

५जी सुरु गर्न टेलिकम कम्पनीलाई प्राधिकरणको निर्देशन, लगानीमा भने अन्योल

सम्बन्धित

भूमिगत सम्पदामा नयाँ रणनीति: युरेनियमदेखि ‘रेयर अर्थ’सम्म संघको नियन्त्रण, खानी क्षेत्रमा नयाँ कानुनी युगको तयारी

१३ वर्षपछि फेरि चले हेटौँडा कपडा उद्योग: परीक्षण उत्पादन सुरु

नेपालमा सार्वजनिक  लिपमोटर बी०३एक्स : ५०५ किमि रेन्ज, ४४.९९ लाखमै पहिलो १०० ग्राहकलाई उपलब्ध

कतिआजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५२ रुपैयाँ ६४ पैसामा कारोबार छ आज डलरको भाउ ?

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न आशंकामा पाँच जना पक्राउ

दुई अटो शो, फरक रणनीति: नयाँ ब्रान्डको प्रवेश, अटो बजारमा प्रतिस्पर्धा चुलिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu