ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री बालेनका दुई सन्देश : भावुक अभिव्यक्तिदेखि सरकारी संस्थानको प्रगतिको दाबी


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ८ : १५   बजे

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्लो २४ घण्टामा सामाजिक सञ्जालमार्फत जारी गरेका दुई फरक सन्देशले राजनीतिक तथा प्रशासनिक वृत्तमा चर्चा बढाएको छ।

शुक्रबार मध्यराति भावुक सन्देश दिँदै प्रधानमन्त्री शाहले सही समय आउन केही समय लाग्ने भन्दै ‘ढिला होला, तर गलत हुँदैन’ भनेर नआत्तिन आग्रह गरेका थिए। उनले कहिलेकाहीँ एक्लै लड्नुपर्ने अवस्था आउने र देखिएकोभन्दा वास्तविकता फरक हुन सक्ने संकेत गरेका थिए।

त्यसको भोलिपल्ट बिहान उनले सरकारको कामबाट सरकारी स्वामित्वका रुग्ण उद्योग तथा संस्थानमा सुधार भइरहेको दाबी गर्दै विभिन्न प्रगतिको विवरण सार्वजनिक गरे।

उनका अनुसार नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरेको छ भने गत आर्थिक वर्षमा ३ करोड रुपैयाँ नाफा कमाएको छ। चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य राखिएको छ।

त्यस्तै, लामो समयदेखि बन्द हेटौँडा कपडा उद्योगमा नेपाली सेनाको सहकार्यमा परीक्षण उत्पादन सुरु भएको प्रधानमन्त्री शाहले बताएका छन्।

नेपाल वायुसेवा निगमको चैतदेखि असारसम्मको आम्दानी ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ पुगेको, जुन अघिल्लो वर्षको सोही अवधिभन्दा १ अर्ब १० करोड रुपैयाँ बढी भएको उनले उल्लेख गरेका छन्। सो अवधिमा जहाजको सिट उपयोगिता ८६ प्रतिशत पुगेको र ऋणको १ अर्ब ६ करोड रुपैयाँभन्दा बढी किस्ता भुक्तानी गरिएको दाबी पनि गरिएको छ।

दुग्ध विकास संस्थानको किसान बक्यौता भुक्तानी चक्र ८ महिनाबाट घटाएर २–३ महिनामा झारिएको, दैनिक बिक्री बढेर राजस्व करिब ९० लाख रुपैयाँ पुगेको तथा कर्मचारी सुविधामा कटौती गरी वार्षिक करिब ३ करोड रुपैयाँ बचत गरिएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ।

सिंहदरबार वैद्यखानाको कारोबार पनि अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणाले बढेर करिब १३ करोड रुपैयाँ पुगेको र चालु आर्थिक वर्षमा १५० प्रकारका आयुर्वेदिक औषधि उत्पादन गर्ने लक्ष्य राखिएको उनले बताएका छन्।

प्रधानमन्त्री शाहले इमान्दारिता र देशप्रतिको समर्पण कायम रहे रुग्ण अवस्थामा रहेका अन्य सरकारी उद्योग तथा संस्थानलाई समेत पुनर्जीवन दिन सकिने विश्वास व्यक्त गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१४.२ केजी सिलिन्डरमा फर्किएपछि देखिएको ग्यास अभाव घट्दै

५जी सुरु गर्न टेलिकम कम्पनीलाई प्राधिकरणको निर्देशन, लगानीमा भने अन्योल

सम्बन्धित

भूमिगत सम्पदामा नयाँ रणनीति: युरेनियमदेखि ‘रेयर अर्थ’सम्म संघको नियन्त्रण, खानी क्षेत्रमा नयाँ कानुनी युगको तयारी

१३ वर्षपछि फेरि चले हेटौँडा कपडा उद्योग: परीक्षण उत्पादन सुरु

नेपालमा सार्वजनिक  लिपमोटर बी०३एक्स : ५०५ किमि रेन्ज, ४४.९९ लाखमै पहिलो १०० ग्राहकलाई उपलब्ध

कतिआजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५२ रुपैयाँ ६४ पैसामा कारोबार छ आज डलरको भाउ ?

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न आशंकामा पाँच जना पक्राउ

दुई अटो शो, फरक रणनीति: नयाँ ब्रान्डको प्रवेश, अटो बजारमा प्रतिस्पर्धा चुलिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu