काठमाडौं । लगातारको वर्षा, पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ।
प्रहरीका अनुसार तेह्रथुमको मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक र रुकुम पश्चिमको भेरी करिडोरलगायत सडक अवरुद्ध छन्।
काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको छ।
त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा पनि राति ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
इलामको मेची राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक, रुकुम पश्चिमको भेरी करिडोर र तेह्रथुमको मध्यपहाडी लोकमार्ग पहिरो तथा सडक कटानका कारण पूर्ण रूपमा अवरुद्ध छन्।
वर्षायाममा बाढी, पहिरो र सडक कटानको जोखिम कायम रहेकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे सम्बन्धित निकायबाट जानकारी लिन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्