काठमाडौं । बजारमा देखिएको ग्यास अभाव समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्थापना गरेको ‘क्विक रेस्पोन्स’ टिम प्रभावकारी बन्दै गएको छ।
नेपाल आयल निगमका कर्मचारी र ग्यास उद्योगीका प्रतिनिधिले निगमको केन्द्रीय कार्यालयबाट उपभोक्ताका गुनासा सुन्ने र तत्काल समस्या समाधान गर्ने काम गरिरहेका छन्।
निगमका अनुसार दैनिक तीनदेखि चार सयभन्दा बढी ग्याससम्बन्धी गुनासा आउने गरेका छन्। गुनासा प्राप्त भएपछि नजिकका ग्यास उद्योग तथा डिलरसँग समन्वय गरी उपभोक्तालाई ग्यास उपलब्ध गराउने गरिएको छ।
विशेषगरी विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र सुत्केरी महिलालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले टिम सक्रिय रहेको छ।
निगमका अनुसार ग्यास आयात नियमित भए पनि बजारमा माग बढ्दा अभाव देखिएको हो। यसअघि आधा तौलको ७ दशमलव १ किलो ग्यास वितरण हुँदै आएकोमा असार ३१ गतेदेखि पूर्ण तौलको १४ दशमलव २ किलो सिलिन्डर वितरण सुरु गरेपछि बजारमा माग बढेर अभाव देखिएको हो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्