ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरामा माछा महोत्सव हुदै


एबीसी न्यूज
३० चैत्र २०७४, शुक्रबार   ८ : २०   बजे

पोखरा, ३० चैत्र । पर्यटकीय नगर पोखरामा प्राकृतिले सुन्दर बनाएको छ । त्यही सुन्दरतालाई अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् । पर्यटक आगमनलाई अझ बढाउन पोखरामा विभिन्न विभिन्न गतिविधि भइरहन्छ । यसमध्ये फिस फेस्टिभल पनि एक हो ।

पोखरालाई तालैतालको शहरको रुपमा चिनिन्छ । पोरखामा फेवाताल, बेगनास, रुपालगायत सात वटा ताल रहेका छन् । यही तालमध्ये बेगनास ताल क्षेत्रमा बुधबारदेखि चौथो फिस फेस्टिभल सुरु भएको छ । स्थानीय जातका माछाहरु लोप हुन लागेपछि चार वर्षदेखि नया“ वर्षको अवसर पारी बेगनास ताल किनारमा फिस फेस्टिभल आयोजना हु“दै आएको छ । माछाको संरक्षणस“गै पोखराको नजिकै रहेर पनि पर्यटकीय गतिविधि सञ्चालन हुन नसकेको बेगनासको प्रवद्र्धन गर्न फेस्टिभलको आयोजना गरिएको होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथका पूर्व अध्यक्ष दुर्गाप्रसाद अधिकारीले बताए ।

अधिकारीकाअनुसार फेस्टिभल अवधिभर लोपोन्मुख माछाको संरक्षणसम्बन्धी अन्तरक्रियाका साथै बेगनास, रुपा, मैदी, खास्टे लगायतका तालमा पाइने स्थानीय प्रजातिका माछाका परिकारहरु उपलब्ध गराइने छ ।

पोखरा आसपासका ताल तलैया र खोलामा २५ देखि ३० प्रकारको माछा पाइन्छन् । ती माछाहरुलाई महोत्सवमा प्रदर्शन गरिने भएकाले दर्शकलाई यहा“ पाइने माछाबारे जानकारी हुनका साथै संरक्षणका महत्वपूर्ण कार्य हुने मत्स्य अनुसन्धान केन्द्रका वरिष्ठ बैज्ञानिक अग्नि नेपाल बताउ“छन । यसका साथै महोत्सव माछासम्बन्धी अध्ययन गर्नेहरुका लागि फलदायी हुने नेपालको भनाइ छ ।

महोत्सव तालको किनारमा रातको समयमा पनि सञ्चालन हु“दै आएको छ । त्यसैले महोत्सवमा कुनै अप्रिय घटना नहोस भन्नका लागि प्रहरीहरु परिचालन गरेको इलाका प्रहरी कार्यालय डा“डाको नाकका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले बताए । पुरीका अनुसार तालस“गै जोडिएर महोत्सव गरिएको र महोत्सव स्थल वरिपरि जंगल समेत रहेकाले पनि सुरक्षा ब्यवस्था कडा बनाइएको प्रहरी नायव उपरीक्षक पुरीको भनाइ छ ।

बगेनास ताल पोखरा शहरबाट नजिकै छ । तर, यसको उचित प्रचार प्रसार र प्रवद्र्धन नहु“दा पर्यटकहरु बेगनास ताल क्षेत्रमा नपुगिरहेको अवस्थगा छ । यस्तो अवस्थामा फिस फेस्टिभलजस्ता कार्यक्रमले पर्यटकलाई त्यस क्षेत्रसम्म तान्ने कार्यमा सहयोग पु¥याउने आशा लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu