काठमाडौं । कविडाँडा साहित्य समाज, चितवनले ‘काविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०८२’का लागि आठ कृतिको संक्षिप्त सूची सार्वजनिक गरेको छ। समाजका अध्यक्ष एल.बी. क्षेत्रीका अनुसार पुरस्कारका लागि ‘अज्ञात’ (केशवराज ज्ञवाली), ‘इथा’ (केशव दाहाल), ‘तोरकीन’ (क्षितिज समर्पण), ‘महायुग’ (सीमा आभास), ‘राजमाता’ (नीलम कार्की निहारिका), ‘सत्यम्’ (लक्ष्मण वियोगी), ‘सलह’ (श्रवण मुकारुङ) र ‘सूतपुत्र’ (शंकरप्रसाद गैरे) छनोट भएका छन्। समाजले अब उत्कृष्ट तीन कृतिको सूची सार्वजनिक गर्ने र त्यसपछि अन्तिम चरणमा पुरस्कृत हुने कृति घोषणा गर्ने जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्