ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कन्दरा ब्यान्डको अमेरिका भ्रमण सम्पन्न


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ५ : ५५   बजे

बोस्टन । कन्दरा ब्यान्डले दुई महिना लामो अमेरिकी कन्सर्ट यात्रा शुक्रबार राति सम्पन्न गरेको छ। अगस्ट ७ देखि सेप्टेम्बर ३० सम्म डलास, एटलान्टा, कोलोराडो, सान फ्रान्सिस्को, शिकागो लगायतका शहरहरूमा प्रस्तुति दिइएको थियो।

ब्यान्डले जारी गरेको प्रेस विज्ञप्ति अनुसार यो सांगीतिक यात्राको मुख्य उद्देश्य प्रवासमा रहेका नेपाली समुदायलाई संगीत मार्फत जोड्नु र नेपाली कला–संस्कृतिको संरक्षणबारे संवाद अघि बढाउनु हो। कन्दराले बोस्टनपछि डलास, न्युयोर्क हुँदै अन्य शहरहरूमा पनि प्रस्तुति दिएको थियो।

कन्दराका संस्थापक तथा गायक विवेक श्रेष्ठले संगीतले मान्छे र समाजमा सकारात्मक परिवर्तन ल्याउन सघाउने बताए। ‘हाम्रा लागि अमेरिका यात्रा मनोरञ्जनात्मक प्रस्तुति मात्र नभई अर्थपूर्ण गीत संगीतमार्फत विश्वभर रहेका नेपालीलाई आफ्नो भाषा, संस्कृति र जरासँग जोड्ने अभियान हो,’ उनले भने।

कन्दराको सांगीतिक प्रस्तुतिमा कला र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम राखिनेछन्। विशिष्ट इन्टरनेसनलकी निर्देशक डा. प्रसिदा खनालले संगीतले मान्छे र समुदायकै सोच र व्यवहारमा सकारात्मक प्रभाव पार्ने बताइन्। ‘संगीतलाई संवाद र सामाजिक रुपान्तरणको माध्यमका रूपमा उपयोग गर्ने हाम्रो उद्देश्य हो,’ उनले थपिन्।

तीन दशक लामो यात्रा

सन् १९९२ मा पोखरामा स्थापित कन्दरा ब्यान्ड नेपाली लोकभाका, मौलिकता र अर्थपूर्ण संगीतको पर्याय मानिन्छ। लेककी हे माया, तिमी पारी, तगारोमा रुमाल राखी लगायत दर्जनौँ गीतहरू कन्दराका लोकप्रिय छन्। पछिल्लो समय ब्यान्डले आफ्नो सांगीतिक विरासतलाई आधुनिक शैलीसँग जोड्दै नयाँ पुस्तासम्म पुर्याउने प्रयास गरिरहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ढुङ्गे क्षेत्रमा यातायात सेवा सञ्चालनमा, बेत्रावतीसम्म पुग्न सहज

हेटौँडा–काठमाडौँ आवागमनमा ‘वान वे’ प्रणाली लागू

सम्बन्धित

कन्दरा ब्यान्डको सांगीतिक अभियान : भोटेकोसी बाढीपीडितका लागि २१ लाख राहत कोषमा

बाढीपीडितका लागि राहत सामग्री जुटाउँदै अभिनेत्री प्रियंका कार्की

बाढीपछि रोकियो ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन

जडीबुटीको ‘क्लब १८’मा र्यापर यादव सरकारको कन्सर्ट हुने, डोर सेल्सको रकम बाढीपीडितलाई

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

गाईजात्रा सुरु : दिवङ्गत आफन्तको सम्झनामा राजधानीमा झाँकी र नगर परिक्रमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu