काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पाँच वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन सम्बन्धित शेयरधनीलाई आग्रह गरेको छ।
बैंकले आज जारी गरेको सूचनामा विगतका साधारणसभाबाट पारित भएबमोजिम गत आर्थिक वर्षसम्म पाँच वर्षको अवधि पूरा भएका तर सम्बन्धित शेयरधनीले बुझ्न बाँकी रहेको नगद लाभांश रहेको जनाएको छ।
बैंकले बाँकी लाभांश बुझ्न सम्बन्धित शेयरधनीलाई काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर रजिष्ट्रार एनआईएमबिएस क्यापिटलमा सम्पर्क गर्न आग्रह गरेको छ।
समयमै लाभांश रकम बुझिलिन नसकेमा प्रचलित कानुनबमोजिम उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले स्पष्ट पारेको छ।
एनआईएमबिएस क्यापिटलमा सम्पर्क गर्न आग्रह
बैंकका अनुसार बाँकी रहेको नगद लाभांश शेयर रजिष्ट्रार एनआईएमबिएस क्यापिटलमार्फत वितरण गरिनेछ।
लाभांश बुझ्न आवश्यक कागजात तथा प्रक्रियाबारे जानकारी लिन सम्बन्धित शेयरधनीले एनआईएमबिएस क्यापिटलको कार्यालयमा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्