काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा एक्लै नेपाल फर्किने भएका छन्। हङकङ हुँदै गत शुक्रबार थाइल्यान्डको राजधानी बैंकक पुगेका देउवा साउन २८ गते बिहीबार नेपाल फर्किने तयारीमा छन्।
देउवानिकट स्रोतका अनुसार उहाँसँगै विदेशमा रहेका पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस नेतृ आरजु राणा देउवा र उनका छोरा जयवीर देउवा भने नेपाल नआउने भएका छन्।
यसअघि देउवा साउन २६ गते नै स्वदेश फर्किने तयारीमा थिए। तर समय व्यवस्थापनका कारण उहाँको नेपाल फर्किने कार्यक्रम दुई दिन पछि सारिएको स्रोतले जनाएको छ।
असन्तुष्ट पक्षको भेलामा सहभागी हुने
कांग्रेसको असन्तुष्ट पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्न लागेको भेलामा सहभागी हुन देउवा नेपाल फर्किन लाग्नुभएको हो।
कांग्रेसभित्र पछिल्लो समय बढ्दै गएको आन्तरिक असन्तुष्टि र नेतृत्वसम्बन्धी बहसका बीच देउवाको स्वदेश फिर्तीलाई चासोका साथ हेरिएको छ। उहाँको उपस्थितिले पार्टीभित्रको पछिल्लो राजनीतिक गतिविधिमा समेत प्रभाव पार्ने अनुमान गरिएको छ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्