ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आँधिखोलामा डुबेर सल्यानका युवा बेपत्ता, खोजीमा सरकारी तदारुकता नदेखिएको गुनासो


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   २ : ४५   बजे

काठमाडौं — सल्यानका युवा बलदेव बस्नेत स्याङ्जाको आँधिखोलामा डुबेर बेपत्ता भएपछि उनको खोजी तथा उद्धार कार्यमा तीव्रता दिन सांसद रमेश मल्लले सरकारको ध्यानाकर्षण गराएका छन्।

सिद्ध कुमाख गाउँपालिका–२ का बस्नेत रोजगारीका लागि स्याङ्जाको गल्याङ नगरपालिका पुगेका थिए। उनी गल्याङ नगरपालिका–७ र ११ जोड्ने पुल निर्माणमा काम गर्दै आएका थिए।

सांसद मल्लका अनुसार बस्नेत आइतबार दिउँसो आँधिखोलामा डुबेर बेपत्ता भएका हुन्। उनी अझै फेला नपरेपछि परिवार चिन्तित बनेको छ।

बस्नेतले घरमा तीन वर्षीया छोरी र गर्भवती श्रीमती छोडेर रोजगारीका लागि स्याङ्जा पुगेको मल्लले बताए।

‘उहाँ गल्याङ नगरपालिका–७ र ११ जोड्ने पुल निर्माणमा काम गर्दै आउनुभएको थियो। आइतबार दिउँसोदेखि आँधिखोलामा डुबेर उहाँ बेपत्ता हुनुभएको छ,’ मल्लले भने।

आफन्त आफैं खोजीमा

बस्नेत बेपत्ता भएको खबर पाएपछि उनका आफन्त स्याङ्जा पुगेर खोजीमा जुटेका छन्। तर खोजी तथा उद्धारमा सरकारी निकाय र निर्माण व्यवसायीबाट अपेक्षित सहयोग तथा गम्भीरता नदेखिएको परिवारको गुनासो छ।

सांसद मल्लले बेपत्ता बस्नेतको खोजीमा सम्बन्धित सरकारी निकाय तथा निर्माण व्यवसायीलाई तत्काल सक्रिय हुन आग्रह गरेका छन्।

उनले खोजी तथा उद्धार कार्यलाई तीव्रता दिई बेपत्ता युवालाई सकुशल फेला पार्न आवश्यक सबै संयन्त्र परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बस्नेतको अवस्था अझै अज्ञात रहेकाले उनको परिवारमा चिन्ता बढ्दै गएको छ। स्थानीय तथा आफन्तजनले पनि खोजी कार्यलाई थप प्रभावकारी बनाउन माग गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृह मन्त्रालय रहेको स्थानमा परराष्ट्र मन्त्रालयको नयाँ भवन बन्ने

ग्यासको अभाव अन्त्य गरी इन्डक्सन चुलो वितरण गर्न सांसद अधिकारीको माग

सम्बन्धित

नेप्से ९ अंकले घट्यो, साढे ३ अर्बभन्दा बढीको कारोबार

नेप्से परिसूचक ९ अंकले घट्यो

बहुराष्ट्रिय कम्पनीसँग अर्थमन्त्री वाग्लेको छलफल, आगामी ६ महिनाका प्राथमिकता माग

साउनको झरीमा पनि बढ्दो आगलागीको जोखिम

सेबोनको श्वेतपत्र : आईपीओमा लगानीकर्ताको वर्गीकरणदेखि जलविद्युत कम्पनीको योग्यता पुनरावलोकनसम्म

मानव बेचबिखन र जबर्जस्ती करणीका फरार अभियुक्त कतारबाट पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu