ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले उठाए मल, ग्यासदेखि रोजगारी र सडकसम्मका विषय


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ४ : ४५   बजे

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले जनजीविकादेखि संसद् सुधार, रोजगारी, कृषि, शिक्षा, सडक, विद्युत् र सामाजिक सुरक्षासम्मका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद विपिनकुमार आचार्यले संसदीय सुधार समिति गठन गरी संसद्लाई थप रचनात्मक र प्रभावकारी बनाउन माग गरे।

सांसद विष्णुमाया विकले मल र ग्यासको अभाव देखिन थालेको भन्दै तत्काल समस्या समाधानमा केन्द्रित हुन सरकारको ध्यानाकर्षण गराइन्। सांसद सरस्वती लामाले पनि ग्यास अभाव समाधान गर्न माग गर्दै विद्युतीय चुल्हो प्रयोगलाई प्रोत्साहन गर्ने स्पष्ट नीति र सहुलियतको व्यवस्था गर्नुपर्ने बताइन्।

सांसद शाहजान खातुनले निजामती तथा अन्य सरकारी कर्मचारीसरह बालविकास शिक्षक र विद्यालयका कर्मचारीको तलब वृद्धि गर्न माग गरिन्।

रोजगारी र वैदेशिक पलायनको विषय उठ्यो

सांसद शोभा खनालले संविधानको धारा ३३ ले रोजगारीको हक सुनिश्चित गरेको स्मरण गराउँदै नेपालमै रोजगारीको अवसर सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराइन्।

उनले रोजगारीको अभावमा विदेशिनुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विशेष व्यवस्था गर्न सरकारसँग माग गरिन्।

सांसद शिवशङ्कर यादवले सबैले सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने धारणा राखे। सांसद श्रद्धा कुँवरले सांकेतिक भाषाको शब्दकोश विकास गर्न माग गरिन्।

सांसद श्रीधर पोखरेलले बाँके, बर्दियालगायत जिल्लामा दुई दशकअघि सरकारले जग्गा उपलब्ध गराएर कमैया मुक्त गरिए पनि जग्गा बेचबिखन गर्न पाउने अधिकार नहुँदा समस्या कायम रहेको बताए। उनले त्यसको समाधानका लागि आवश्यक व्यवस्था गर्न सरकारसँग माग गरे।

सांसद श्रीराम न्यौपानेले शून्य समयमा सांसदहरूले श्रव्यसामग्रीसहित आफ्ना विषय प्रस्तुत गर्न पाउने व्यवस्था मिलाउन माग गरे।

किसानदेखि सडकसम्मका समस्या

सांसद सन्तोष राजवंशीले मोरङका विभिन्न पालिकामा भूमिहीनको तथ्याङ्क सङ्कलनको काम नभएको भन्दै स्थानीय तहलाई जिम्मेवार बनाउन सरकारको ध्यानाकर्षण गराए।

सांसद सन्तोष सुब्बाले दुग्ध किसानले पाउन बाँकी रकम तत्काल भुक्तानी गर्न माग गरे।

सांसद सन्दीप रानाले पाल्पाका ग्रामीण सडकमा गर्मीका समयमा धुलो तथा वर्षात्का बेला हिलोका कारण स्थानीयवासी तथा यात्रुले समस्या भोग्नुपरेको भन्दै सडक सुधार गर्न माग गरे।

सांसद सागर भुसालले विद्युत् सेवा भरपर्दो बनाउन सरकारसँग माग गरे।

अपाङ्गता, भन्सार र पूर्वाधारका विषय पनि उठे

सांसद सरिता महतोले अटिजम तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिका लागि प्रत्येक प्रदेशमा केन्द्र स्थापना गर्ने कार्यक्रम सकारात्मक रहेको बताउँदै त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्।

सांसद साजिदा खातुन सिद्धिकीले सामाजिक सञ्जाललगायत माध्यमबाट सांसदहरूलाई गालीगलौज गर्ने प्रवृत्ति बढेको भन्दै त्यस्ता गतिविधिमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरिन्।

सांसद सृजना श्रेष्ठले भन्सार प्रणालीलाई थप पारदर्शी बनाउन सरकारको ध्यानाकर्षण गराइन्।

सांसद सीता थपलियाले पुष्पलाल मार्गअन्तर्गत धादिङको त्रिपुरासुन्दरी गाउँपालिका क्षेत्रमा सडक स्तरोन्नति नहुँदा यात्रुले सास्ती व्यहोर्नुपरेको भन्दै तत्काल समस्या समाधान गर्न माग गरिन्।

सांसद सुजाता तामाङले नीति निर्माण गर्दा प्रकृतिसँग सम्बन्धित आदिवासी समुदायको परम्परागत ज्ञान र सीपको उपयोग गर्नुपर्ने बताइन्।

प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले उठाएका यी विषयमार्फत दैनिक जनजीवनसँग प्रत्यक्ष जोडिएका समस्या समाधान गर्न तथा सरकारका नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यान्वयनमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री थापामगरले मंगलबार विश्वासको मत लिने

बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्न पद्मा अर्यालको माग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Pope Leo XIV Intensifies Ukraine Peace Push with Envoy Visit to Moscow

Two Killed, Seventeen Injured In Syangja Jeep Accident

Japanese Delegation Travels to Beijing Amidst Strained Relations with China

Russia Authorizes Seizure of Critical Infrastructure Amid Ukraine Drone Attacks

Trump Imposes 50% Tariffs on Canadian Auto Imports

Singapore Launches First Data Center Powered by Human Neurons

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu