ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिव शंकर रिजाल ‘जोगिन्दर’को गाईजात्रे कमेडी ‘बालेन सरकार’ सार्वजनिक


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ११ : ०५   बजे

काठमाडौं । हास्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर’ले गाईजात्रा पर्वलाई लक्षित गर्दै ‘बालेन सरकार’ नामक व्यंग्यात्मक कमेडी सार्वजनिक गरेका छन्।

विसं २०८३ को गाईजात्राका अवसरमा ल्याइएको कमेडीमा समसामयिक विषयवस्तु, राजनीतिक घटनाक्रम तथा नेताहरूलाई व्यंग्य गरिएको छ। रिजालले ‘बालेन सरकार’मार्फत सरकारलाई खबरदारी गर्नुका साथै गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनप्रति समेत कटाक्ष गरेका छन्।

कमेडीमा नेपाली समाजमा देखिएका विभिन्न प्रवृत्ति, राजनीतिक गतिविधि र सामाजिक विकृतिलाई हास्यव्यंग्यको शैलीमा प्रस्तुत गरिएको छ।

मनोरञ्जनसँगै चेतना

२३ वर्षदेखि नियमित रूपमा हास्यव्यंग्य प्रस्तुत गर्दै आएका रिजालले गाईजात्राको अवसरमा दर्शक तथा स्रोतामाझ मनोरञ्जनसँगै सामाजिक चेतना प्रवाह गर्ने उद्देश्यले ‘बालेन सरकार’ ल्याएको बताए।

उनका अनुसार गाईजात्रे कमेडीले समाजका विभिन्न विकृति र विसंगतिलाई उजागर गर्दै सम्बन्धित पक्षलाई खबरदारी गर्ने प्रयास गरेको छ। हास्यव्यंग्यका माध्यमबाट प्रस्तुत गरिएका विषयले दर्शकलाई मनोरञ्जन दिनुका साथै सामाजिक चेतनासमेत प्रदान गर्ने उनको भनाइ छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ढुङ्गे क्षेत्रमा यातायात सेवा सञ्चालनमा, बेत्रावतीसम्म पुग्न सहज

हेटौँडा–काठमाडौँ आवागमनमा ‘वान वे’ प्रणाली लागू

सम्बन्धित

कन्दरा ब्यान्डको सांगीतिक अभियान : भोटेकोसी बाढीपीडितका लागि २१ लाख राहत कोषमा

बाढीपीडितका लागि राहत सामग्री जुटाउँदै अभिनेत्री प्रियंका कार्की

बाढीपछि रोकियो ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन

जडीबुटीको ‘क्लब १८’मा र्यापर यादव सरकारको कन्सर्ट हुने, डोर सेल्सको रकम बाढीपीडितलाई

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

गाईजात्रा सुरु : दिवङ्गत आफन्तको सम्झनामा राजधानीमा झाँकी र नगर परिक्रमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu