ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘म मदनकृष्ण’मा वर्षा राउत, हरिवंशकी पत्नीको भूमिकामा


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   १ : ५५   बजे

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बन्न लागेको चलचित्र ‘म मदनकृष्ण’ मा अभिनेत्री वर्षा राउत अनुबन्धित भएकी छन्। निर्देशक मिलन चाम्सका अनुसार वर्षाले चलचित्रमा अभिनेता हरिवंश आचार्यकी पत्नी रमिला पाठकको भूमिका निर्वाह गर्नेछिन्।

चलचित्रमा हरिवंश आचार्यको भूमिकाका लागि अभिनेता अरुण क्षेत्री यसअघि नै छनोट भइसकेका छन्। अरुण र वर्षाले पहिलोपटक यही चलचित्रमार्फत पर्दामा सहकार्य गर्न लागेका हुन्।

निर्देशक चाम्सले अरुणको जोडीका रूपमा वर्षालाई चयन गरिएको जानकारी दिँदै चलचित्रमा उनी हरिवंशकी पत्नीको भूमिकामा प्रस्तुत हुने बताए।

हरिवंशको बायोपिकमा पनि उही जोडी

निर्देशक चाम्सले यसै वर्ष निर्माण हुने हरिवंश आचार्यको जीवनीमा आधारित अर्को चलचित्रमा पनि वर्षा राउतले रमिला पाठककै भूमिका निर्वाह गर्ने जानकारी दिएका छन्। हरिवंशको भूमिकाका लागि अरुण क्षेत्रीले सम्झौता गरिसकेकाले दुवै चलचित्रमा उनीहरू एउटै जोडीका रूपमा देखिने भएका हुन्।

वर्षा पछिल्लो समय चलचित्र ‘मालती मंगले’ बाट दर्शक तथा समीक्षकबाट प्रशंसा पाउन सफल भएकी थिइन्।

मदनकृष्णको भूमिकामा महेश त्रिपाठी

मिलन चाम्सको निर्देशनमा बन्न लागेको ‘म मदनकृष्ण’मा मदनकृष्ण श्रेष्ठको भूमिकामा अभिनेता महेश त्रिपाठी देखिनेछन्। त्यस्तै, मदनकृष्णकी पत्नी यशोदाको भूमिकामा अभिनेत्री केकी अधिकारी रहनेछिन्।

चलचित्रमा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनाललगायत कलाकारको पनि अभिनय रहनेछ।

संघर्षदेखि मह जोडीसम्मको यात्रा

चलचित्रले मदनकृष्ण श्रेष्ठको बाल्यकालदेखि सरकारी जागिरे जीवन हुँदै कलाकारितामा स्थापित हुँदासम्मका विभिन्न घटनाक्रमलाई समेट्ने निर्माण पक्षले जनाएको छ।

मदनकृष्ण र हरिवंश आचार्यबीचको सहकार्य, उनीहरूको ‘मह जोडी’ यात्राका विभिन्न पाटो, व्यक्तिगत संघर्ष, सुख–दुःख, आरोह–अवरोह तथा मदनकृष्णको अन्तरजातीय विवाहलगायतका घटनालाई पनि चलचित्रमा प्रस्तुत गरिनेछ।

निर्देशक चाम्सले यसअघि राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक तथा कप्तान अञ्जिला तुम्बाप्पेको जीवनमा आधारित चलचित्र ‘अञ्जिला’ निर्देशन गरेका थिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ढुङ्गे क्षेत्रमा यातायात सेवा सञ्चालनमा, बेत्रावतीसम्म पुग्न सहज

हेटौँडा–काठमाडौँ आवागमनमा ‘वान वे’ प्रणाली लागू

सम्बन्धित

कन्दरा ब्यान्डको सांगीतिक अभियान : भोटेकोसी बाढीपीडितका लागि २१ लाख राहत कोषमा

बाढीपीडितका लागि राहत सामग्री जुटाउँदै अभिनेत्री प्रियंका कार्की

बाढीपछि रोकियो ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन

जडीबुटीको ‘क्लब १८’मा र्यापर यादव सरकारको कन्सर्ट हुने, डोर सेल्सको रकम बाढीपीडितलाई

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

गाईजात्रा सुरु : दिवङ्गत आफन्तको सम्झनामा राजधानीमा झाँकी र नगर परिक्रमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu