ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोस्रो जनान्दोलनको स्मरणमा स्रष्टा सम्मान


admin
३० चैत्र २०७४, शुक्रबार   ६ : २०   बजे

काठमाडौँ, ३० चैत । लोकतान्त्रिक साहित्यिक आन्दोलनमा स्रष्टाहरुले खेलेको भूमिकाको स्मरण र खबरदारीका लागि स्थापित ‘स्रष्टा चैत्र ३०’ संस्था ले आज साहित्यकारद्वय मातृका पोखरेल र वियोगी बुढाथोकीलाई सम्मान गरेको छ ।

शिल्पी थिएटरमा आयोजित कार्यक्रममा वरिष्ठ कवि एवं तत्कालीन लोकतान्त्रिक स्रष्टाहरुको संयुक्त मञ्चका संयोजक वैरागी काइँलाले सो सम्मान प्रदान गर्नुभयो । दोस्रो जनआन्दोलनका समर्थनमा आरोहण गुरुकुलमा सभा गरी २०६२ चैत ३० गते पुरानो बानेश्वरको सडकमा कविता वाचन भइरहेका बेला प्रहरीले दमन गरेको दिनलाई स्रष्टा आन्दोलन दिवस मानी ‘स्रष्टा चैत्र ३०’ स्थापना भई सम्मान र अन्य कार्यक्रम हुँदै आएको छ ।

सो अवसरमा कवि काइँलाले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि स्रष्टाहरुले दिएको योगदानलाई भुल्न नहुने बताउनुभयो ।

सम्मानित व्यक्तिबारे आरएम डङ्गोल र नारायण चालिसेले पोखरेल र बुढाथोकीले सिर्जना र संगठनका माध्यममा लोकतन्त्र र परिवर्तनका लागि योगदान दिनुभएको उल्लेख गर्नुभयो । ‘स्रष्टा चैत्र ३०’ का अध्यक्ष मनोज न्यौपानेले लोकतान्त्रिक स्रष्टाहरुको संयुक्त मञ्च जस्तो संस्थाको आवश्यकता अहिले पनि रहेको औँल्याउनुभयो ।
प्राज्ञको मर्यादाक्रम घटेकामा चिन्ता

कार्यक्रममा सहभागीले नेपाल प्रज्ञा–प्रतिष्ठानसहित तीन प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी र प्राज्ञको मर्यादाक्रम घटाइनाले राज्यले स्रष्टाहरुलाई उपेक्षा गरेको देखिएको जनाउँदै तत्काल सच्याउन माग गर्ने प्रस्ताव पारित गरेका छन् । अघिल्लो सरकारले बनाएको मर्यादाक्रममा प्रतिष्ठानका कुलपतिहरुलाई मुख्य सचिवसरह राखिएको छ । त्यसअघि कुलपतिहरुलाई राज्यमन्त्री सरह राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुनसरी घटना : सबैको कम्मरमाथि गोली लागेको छ– घाइतेका बुबा

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu