ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संगठन सुदृढिकरण गर्न गाउँ जादैँ काँग्रेस


admin
३० चैत्र २०७४, शुक्रबार   ७ : २८   बजे

गुल्मी, ३० चैत । नयाँ बर्ष २०७५ को सुरुवातसगै गुल्मीमा नेपाली काङ्ग्रेस गाउ जाने भएको छ ।

५० दिनसम्म गरिब, दलित तथा पिछडिएको वर्गको घरमा गएर बस्ने गुल्मी काङ्ग्रेसले निर्णय गरेको हो । ‘नेपाली काङ्ग्रेसको आह्वान, गाउँमा जाउँ–गाउँमै रमाऔँ, ५० दिने महाअभियान’ भन्ने नाराका साथ काङ्ग्रेस गाउ जान लागेको हो ।

गुल्मी जिल्लाका १२ स्थानिय तहका ९३ वटै वडामा काङ्ग्रेसका एक÷एक जना प्रतिनिधि गरिब–दलितका घर जाने नेपाली काँग्रेसले जनाएको छ । पहिलो चरणमा तिन हप्तासम्म गाउकै गरिबका घरमा बस्ने, दोस्रो चरणमा एक हप्ता समिक्षा र तेस्रो चरणमा दोस्रो चरणको समिक्षिले कार्यक्रम निर्धारण गर्ने पार्टी सचिव खिलध्वज पन्थीले जानकारी दिनुभयो ।

उहाले फागुन २७ गतेको बैठक तथा वडा सभापति र सचिवहरुको चैत ६ गते बसेको भेलाले ५० दिने अभियान गर्ने निर्णय गरेको थियो ।

५० दिने महाअभियान किन ?

नेपाली काङ्ग्रेसको संगठन कमजोर भएको भन्दै संगठन सुदृढिकरणको लागि अभियान सुरु गरेको पार्टी सचिव पन्थीले बताए । पार्टीको भातृ तथा शुभेच्छुक संस्थाहरुलाई क्रियाशील बनाई सङ्गठनलाई चुस्त–दुरुस्त बनाउन, लैङ्गिक, जातीय, वर्गीय तथा सामाजिक कुसंस्कार विरुद्ध जनजागरण अभिवृद्धि गर्नको लागि काँग्रेस गाउँ जान लागेको हो ।

सचिव खिलध्वज पन्थीले ग्रामिण समस्याहरु समाधानको लागि पहल गर्न, छायाँ सरकार गठन गरी सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्न ५० दिने महाअभियानको सुरुवात गरेको बताए ।

त्यस्तै आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि सहकारीमार्फत कार्यक्रतालाई उत्साह जगाउने, धर्म, सँस्कृति र कलाको जगेर्ना गर्ने, आध्यात्मिक, पुरातात्विक तथा पर्यटकिय स्थलहरुको सम्वद्र्धनमा सहयोग गर्ने पनि अभियानको उदेश्य रहेको छ ।

‘हालसम्म पार्टीले गरेका अधिकाशं कामहरु नेतामुखि भएकोले अव पार्टीले जनतामुखि काम गर्न गाउँका गरिब, दलितको घर बस्ने निर्णय गरेको हो ।’ प्रवक्ता विष्णु सापकोटाले भनिन्, ‘जिल्ला सदस्य एकजना एक वडाको गरिबको घरमा बस्ने र उनीहरुसँगै खाने, बस्ने र काम गर्नेछौ ।’

त्यसरी गाउँकै जनतासँग बस्दा र उनीहरुसँगै काम गर्दा जनताका समस्या र आवश्यकताको बारेमा जानकारी लिने बताइएको छ । स्थानिय समस्या टिपोट गरिसकेपछि स्थानिय सरकारसँग जनताका माग पुरा गर्न डेलिकेशन गई जनताको बाँच्न पाउने अधिकारलाई थप सुरक्षित गर्ने लक्ष्य लिइएको काङ्ग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले बताए ।

त्यसरी गरिब–दलितको घरमा बस्दा आफूहरुले कुनै राजनीतिक परिचय नदिने, स्थानिय पार्टीका कार्यक्रताले त्यसको सहजिकरण गर्ने र बास बस्ने घरमा कुनै पाहुना नभई परिवारको सदस्यको रुपमा बस्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group