ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, ५४ जनामा संक्रमण पुष्टि


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ४ : २५   बजे

काठमाडौँ । मनसुन सुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेई) को संक्रमण बढ्दै गएको छ। परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदनअनुसार हालसम्म देशका २१ जिल्लाका ४३ स्थानीय तहमा ५४ जनामा जेई संक्रमण पुष्टि भएको छ। संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ।

परिवार कल्याण महाशाखाअन्तर्गत खोप तथा बालरोग शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार संक्रमण पुष्टि भएकामध्ये ८९ प्रतिशतले जेईविरुद्धको खोप नलगाएको पाइएको छ। बाँकी ११ प्रतिशतले खोप लगाए वा नलगाएको अवस्था यकिन हुन सकेको छैन। संक्रमण विशेषगरी तराईका जिल्लामा बढी देखिएको छ।

जेई संक्रमण भएका बिरामीमध्ये गम्भीर अवस्था उत्पन्न भएमा मृत्यु तथा दीर्घकालीन स्नायुजन्य समस्या देखिन सक्ने चिकित्सकहरू बताउँछन्। ५० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकमा मृत्युदर तुलनात्मक रूपमा बढी हुने भएकाले उनीहरूलाई विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव छ।

कसरी सर्छ जेई ?

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार जापानिज इन्सेफलाइटिस भाइरसबाट हुने मस्तिष्कको संक्रमण हो। संक्रमित क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट मानिसमा यो रोग सर्छ।

धानबाली, दलदल तथा पानी जम्ने स्थानमा लामखुट्टेको प्रजनन हुने भएकाले ग्रामीण तथा कृषि क्षेत्रमा बसोबास गर्ने मानिस जोखिममा बढी रहने गर्छन्। संक्रमित सुँगुर तथा जङ्गली चरालाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा संक्रमण सर्न सक्छ। यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा भने सर्दैन।

क्युलेक्स प्रजातिको लामखुट्टे साँझपख र झिसमिसे बिहान बढी सक्रिय हुने भएकाले सो समयमा विशेष सावधानी अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्।

यस्ता छन् लक्षण

जेईका सामान्य लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने तथा कमजोरी महसुस हुने हुन्छ। संक्रमण गम्भीर बन्दै गएमा उच्च ज्वरो, शरीरमा कम्पन, अर्धचेत वा बेहोस हुने, हिँड्न तथा बोल्न कठिनाइ हुने, पक्षघात र कोमासम्म हुन सक्छ।

डा. पुनका अनुसार गम्भीर अवस्थामा मस्तिष्क सुन्निनु, स्थायी स्नायु क्षति तथा पक्षघात हुन सक्छ। संक्रमितमध्ये १५ देखि ३० प्रतिशतसम्मको मृत्यु हुन सक्ने चिकित्सकीय तथ्याङ्क छ।

को बढी जोखिममा ?

१५ वर्षमुनिका बालबालिका, धानबाली, सुँगुर तथा हाँस फार्म आसपास बसोबास गर्ने मानिस र जेई प्रभावित क्षेत्रमा यात्रा गर्ने वा बसाइँ सर्नेहरू बढी जोखिममा पर्ने गर्छन्।

उच्च ज्वरोसँगै टाउको दुख्ने, बेहोस हुने, शरीरमा कम्पन हुने वा हिँड्न–बोल्न कठिनाइ देखिएमा तत्काल स्वास्थ्य संस्थामा पुग्न चिकित्सकहरूले आग्रह गरेका छन्।

खोप नै मुख्य सुरक्षा

जेईको निश्चित उपचार नभएकाले खोपलाई प्रमुख रोकथामको उपाय मानिन्छ। सरकारले जापानिज इन्सेफलाइटिसविरुद्धको खोप राष्ट्रिय खोप कार्यक्रममा समावेश गरी १२ महिनाका बालबालिकालाई निःशुल्क उपलब्ध गराउँदै आएको छ।

लामखुट्टेको टोकाइबाट बच्न झुल प्रयोग गर्ने, घरबाहिर जाँदा लामो बाहुला भएका कपडा लगाउने, लामखुट्टे भगाउने मलम प्रयोग गर्ने तथा घरभित्र धूप वा स्प्रे प्रयोग गर्न सकिन्छ।

त्यस्तै, घर तथा वरपर पानी जम्न नदिने, झाडी तथा फोहोर सफा गर्ने र पानी भण्डारण गर्ने भाँडा छोपेर राख्ने जस्ता उपाय अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्। समयमै स्वास्थ्य संस्थामा पुगेर उपचार गराएमा संक्रमणबाट हुने जटिलता कम गर्न सकिने चिकित्सकहरूको भनाइ छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

खगेन्द्र सुनारको प्रस्तुतिप्रति सभामुख अर्यालको ध्यानाकर्षण

जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध : अर्थमन्त्री वाग्ले

सम्बन्धित

मुद्दा परे पनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटिलता नरहेको राष्ट्र बैंकको भनाइ

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गत १० लाख बीमा रकम हस्तान्तरण

हिरासत कक्षमा चौबिसै घण्टा सीसीटीभी जडानसम्बन्धी सर्वोच्च अदालतमा रिट दायर

प्रतिबन्धित रातो जंगली च्याउसहित १ जना पक्राउ

किसानदेखि उपभोक्तासम्म पाँच तहका बिचौलिया, घटाउने तयारी

राष्ट्र बैंक भन्छ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय अवस्था सामान्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu