काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार ८.८१ अंकले बढेर २६५१.२१ विन्दुमा पुगेको छ। बजारमा १७१ कम्पनीको सेयर मूल्य बढ्दा ८६ कम्पनीको मूल्य घटेको छ भने १९ कम्पनीको मूल्य स्थिर रहेको छ।
बिहीबार कुल ३ अर्ब ७२ करोड ४७ लाख ७० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। एक करोड २ लाख २५ हजार कित्ता सेयर ४५ हजारपटकको कारोबारबाट किनबेच भएको नेप्सेले जनाएको छ।
यस दिन सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सुपर खुदी, घेलम्दी हाइड्रो र सीवाईसी नेपाल लघुवित्तलगायत कम्पनी उच्च मूल्य बढ्नेमा परेका छन्।
समूहगत कारोबारतर्फ लगानी र म्युचुअल फन्डबाहेक अधिकांश समूहका सूचक बढेका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्