ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बन्यो ४५ मिनेटअघि नै चट्याङको पूर्वसूचना दिने मोबाइल एप


एबीसी न्यूज
२ बैशाख २०७५, आइतबार   ८ : ०१   बजे


काठमाडौं, २ बैशाख । चट्याङ लागेर धेरैले अल्पायूमै ज्यान गुमाउने गरेका छन् । चट्याङ कहाँ कतिबेला आउँछ भन्ने जानकारी पनि हुँदैन तर, यसबारे पूर्वसूचना दिने मोबाइल एपको विकास भएको छ ।

छिमेकी जिल्ला भारतको कर्नाटक राज्यले चट्याङ र खतरनाक आँधीको पूर्वसूचना दिने मोबाइल एप ‘सिडिलु’ बनाएको हो जसले कुन स्थानमा चट्याङ पर्छ र ठूलो आँधी आउँछ भन्ने कुराको ४५ मिनेटअघि नै पूर्वजानकारी दिन्छ ।

कर्नाटकमा हरेक वर्ष चट्याङबाट ७० औसतमा ७० जनाको मृत्यु हुन्छ । सर्वसाधारण, भौतिक संरचना र चौपायालाई जोगाउने उद्देश्यले कर्नाटक राज्यको प्राकृतिक विपत निगरानी केन्द्र ९के।एस।एन।डी।एम।सी० र राजश्व विभागको पहलमा चट्याङबारे जानकारी दिन मोबाइल एप विकसित गरिएको हो ।

सिडिलु नामक मोबाइल एप गुगल प्लेस्टोर वा एप्पल स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ । स्मार्टफोन प्रयोगकर्ताले यो एपबाट ४५ मिनेट अघि नै चेतावनी प्राप्त गर्छन् ।

मोबाइलमा रातो रंग देखायो भने थाहा हुन्छ कि एक वर्ग मिटर वरिपरिको क्षेत्र चट्याङको जोखिम छ । रातो रंगले व्यक्ति रहेको १ वर्गमिटर वरिपरिको क्षेत्रमा चट्याङको सम्भावना ९० प्रतिशत छ भन्ने कुराको जानकारी दिन्छ ।

यसैगरी सुन्तला रंगले ५ वर्ग मिटर वरिपरिको क्षेत्रमा र पहेंलो रंगले १५ वर्ग मिटर क्षेत्रमा चट्याङको जोखिम रहेको संकेत दिन्छ । यदि हरियो रंग मोबाइलमा देखायो भने थाहा पाउनुपर्छ कुनै खतरा छैन ।

प्राकृतिक विपत निगरानी केन्द्रका निर्देशक श्रीनिवास रेड्डीका अनुसार अर्थ नेटवर्क्स नामक कम्पनीले यो एप बनाएको हो । यो एपले चट्याङलाई ट्र्याक गर्न राज्यका बिभिन्न १० स्थानमा सेन्सर जडान गरेको छ । यसको लागत प्रतिवर्ष ५० लाख भारु छ । यस्तो एप अफ्रिका र अमेरिकाका ९० देशमा प्रयोग भइरहेको छ । स्मार्ट फोन प्रयोग नगर्ने व्यक्तिहरुलाई भने म्यासेज मार्फत कुन स्थानमा चट्याङको जोखिम छ भन्ने कुराको जानकारी दिइन्छ । यस्तो टेक्स्ट म्यासेज कृषि, बागवानी, राजश्व, ग्रामिण विकास र गाउँ पन्चायत जस्ता सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुलाई पनि पठाइन्छ जसले ग्रामिणस्तरमा रहेर काम गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu