ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंका पाँच स्थानबाट भोलिदेखि ग्यास वितरण हुँदै


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ११ : ५५   बजे

 

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको अभावका कारण समस्यामा परेका उपभोक्तालाई राहत दिन नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने भएको छ।

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा भोलि साउन ३१ गते शनिबारदेखि तोकिएका बिक्री केन्द्रबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर उपलब्ध गराउने जनाएको छ।

कुन केन्द्रमा कुन ग्यास?

टेकुस्थित निगम परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ब्रान्डका ग्यास बिक्री गरिनेछ।

चाबहिलस्थित यातायात कार्यालय परिसरबाट नेपाल र एचपी ब्रान्डका ग्यास उपलब्ध हुनेछन्।

राधास्वामी, कीर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साइबाबा र ओम ब्रान्डका ग्यास वितरण गरिनेछ।

राधास्वामी, बसुन्धरा परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम ब्रान्डका ग्यास बिक्री गरिने निगमले जनाएको छ।

त्यस्तै, बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ब्रान्डका ग्यास उपलब्ध हुनेछन्।

नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

ग्यास खरिद गर्न चाहने उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र लिएर तोकिएको बिक्री केन्द्रमा उपस्थित हुनुपर्नेछ।

निगमका अनुसार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास खरिद गर्न सकिनेछ।

टेकु, चाबहिल, कीर्तिपुर, बसुन्धरा र बबरमहल गरी पाँच स्थानमा बिक्री केन्द्र तोकिएसँगै ग्यास अभावका कारण लामो समयदेखि समस्यामा रहेका काठमाडौंका उपभोक्तालाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी क्षेत्र प्रवर्द्धनदेखि डिजिटल सुशासनसम्म : सरकारको आर्थिक सुधारको रोडम्याप

‘नेपाली सेनामाथिको कुनै पनि प्रकारको प्रहार स्वीकार्य छैन’ : जेनजी अगुवा हमाल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Israeli Airstrike Kills Seven in Southern Lebanon Amid Intensifying Attacks

UN Warns Afghan Women’s Aid Programs Face Collapse Five Years After Taliban Takeover

Patan High Court Bar Association Holds Leadership Election

निजी क्षेत्र प्रवर्द्धनदेखि डिजिटल सुशासनसम्म : सरकारको आर्थिक सुधारको रोडम्याप

‘नेपाली सेनामाथिको कुनै पनि प्रकारको प्रहार स्वीकार्य छैन’ : जेनजी अगुवा हमाल

निधिको राजनीतिक प्रतिवेदन : ‘देउवाकै अध्यक्षतामा १५औँ महाधिवेशन’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu