ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस इतर समूहको सरकारमाथि प्रश्न : ‘शासकीय परिपक्वताको कमी देखियो’


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ४ : ०५   बजे

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले वर्तमान सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै सरकारमा शासकीय परिपक्वताको कमी देखिएको निष्कर्ष निकालेको छ।

काठमाडौंमा जारी कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै नेता विमलेन्द्र निधिले नयाँ राजनीतिक शक्ति र नयाँ प्रतिनिधिबाट बनेको सरकारले संवेदनशील विषयहरूमा पर्याप्त परिपक्वता देखाउन नसकेको उल्लेख गरेका हुन्।

प्रतिवेदनमा भनिएको छ, ‘नयाँ पार्टी र नयाँ प्रतिनिधि भएकाले शासकीय क्षेत्रमा परिपक्वताको कमी देखिन्छ।’

कांग्रेस इतर समूहले सरकारको कमजोरीलाई केवल राजनीतिक आलोचनाको विषयका रूपमा नभई राज्य सञ्चालनका महत्वपूर्ण संस्थासँग जोडेर हेरेको छ। प्रतिवेदनमा सरकारले संसदको मर्यादा, न्यायालयको गरिमा तथा प्रशासनिक संयन्त्रको कानुनसम्मत परिचालनमा समेत कमजोरी देखाएकोदाबी गरिएको छ।

बालेन्द्र शाहलाई असफल हुने छुट छैन

प्रतिवेदनमा फागुन २१ गतेको निर्वाचनबाट प्रधानमन्त्री बनेका बालेन्द्र शाहलाई सरकार सञ्चालनमा असफल हुने छुट नरहेको उल्लेख गरिएको छ।

नयाँ राजनीतिक शक्तिबाट बनेको सरकारप्रति जनताको अपेक्षा उच्च रहेको भन्दै कांग्रेस इतर समूहले सरकारको कार्यसम्पादनमा देखिने कमजोरीले समग्र राजनीतिक प्रणालीप्रतिकै विश्वासमा असर पार्न सक्ने संकेत गरेको छ।

सरकारले जनअपेक्षा र राजनीतिक परिवर्तनको भावनालाई संस्थागत गर्न सकेमा मात्र नयाँ राजनीतिक शक्तिप्रतिको विश्वास कायम रहने कांग्रेसको निष्कर्ष छ।

संवाद र सहकार्यबाट अघि बढ्न सुझाव

निधिको प्रतिवेदनले सरकारलाई राष्ट्रिय संवाद, सहमति र सहकार्यको माध्यमबाट अघि बढ्न सुझाव दिएको छ।

विभिन्न राजनीतिक तथा सामाजिक शक्तिबीच संवाद नगरी एकपक्षीय रूपमा निर्णय गर्ने प्रवृत्तिले राजनीतिक अस्थिरता थप बढाउन सक्ने भन्दै प्रतिवेदनले सरकारलाई समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

यसैगरी सत्तारूढ दलले अघि सारेको प्रदेशसभा खारेज गर्ने नीति प्रतिगमनकारी भएको कांग्रेस इतर समूहको ठहर छ। संघीय संरचनामाथि नै प्रश्न उठाउने प्रयासले संविधानको मूल भावनामाथि असर पार्ने उसको दाबी छ।

ग्यासदेखि किसानसम्म तत्काल ध्यान दिन आग्रह

कांग्रेस इतर समूहले सरकारलाई तत्काल समाधान गर्नुपर्ने जनजीविकासँग सम्बन्धित विषयहरू पनि औँल्याएको छ।

प्रतिवेदनमा सुकुम्वासीको व्यवस्थापन, विपद् प्रतिकार्य, एलपी ग्यासको सहज आपूर्ति तथा किसानलाई मलको उपलब्धता सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

पछिल्लो समय ग्यास अभावका कारण सर्वसाधारणले लामो लाइन बस्नुपरेको, विपद्का घटनामा तत्काल उद्धार तथा राहतको आवश्यकता देखिएको र किसानले समयमा मल नपाउने समस्या दोहोरिइरहेको सन्दर्भमा यी विषयलाई प्राथमिकतामा राख्नुपर्ने कांग्रेसको धारणा छ।

कांग्रेस इतर समूहको प्रतिवेदनले यसरी सरकारको राजनीतिक शैलीदेखि जनजीविकाका तत्कालीन समस्यासम्मलाई समेट्दै सरकारले परिवर्तनको जनअपेक्षालाई संस्थागत गर्न शासकीय क्षमता, संवैधानिक मर्यादा र संवादको संस्कार बलियो बनाउनुपर्ने सन्देश दिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने कांग्रेस इतर समूहको प्रतिबद्धता

कपिलवस्तुमा तीन घण्टामै ६२.२ मिलिमिटर वर्षा, विभिन्न प्रदेशमा वर्षा जारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालेन सचिवालयको दबाब अस्वीकार गर्दै टेलिकमले एकीकृत टेन्डरबाटै बिलिङ प्रणाली खरिद गर्ने

सेउता प्रवेश गर्न खोज्ने २९४ प्रवासी मोरक्कोमा पक्राउ

सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने कांग्रेस इतर समूहको प्रतिबद्धता

Nepal Orders Geological Study of Landslide-Hit Western Regions

Nepal’s Ruling Party Launches Program for Direct Citizen Engagement

Yasukuni Shrine: Honoring War Dead or Glorifying Japan’s Wartime Past?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu