ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सवारी साधनमा एआई: प्रविधिको दौडमा नेपाल कहाँ छ?


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ९ : १५   बजे

काठमाडौं ।नेपालको अटोमोबाइल क्षेत्र विद्युतीय तथा डिजिटल प्रविधितर्फ तीव्र गतिमा अघि बढिरहेको छ। तर, त्यसअनुरूपको पूर्वाधार, डेटा व्यवस्थापन, अनुसन्धान, साइबर सुरक्षा र दक्ष जनशक्ति विकासमा नेपाल अझै पछाडि रहेको सरोकारवालाहरूले बताएका छन् । उनीहरूले अटोमोबाइलमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग बढ्दै गएसँगै नेपालले सवारीसाधनलाई केवल आयात र बिक्रीको वस्तुका रूपमा नभई डेटा, प्रविधि, अनुसन्धान र नवप्रवर्तनको क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘एआई एन्ड अटोमोटिभ टेक्नोलोजी : ड्राइभिङ द फ्युचर अफ मोबिलिटी’ संवादमा उद्योग, सरकार, अनुसन्धान तथा शैक्षिक क्षेत्रका प्रतिनिधिले अटोमोबाइलमा एआईको सम्भावनादेखि त्यसका लागि आवश्यक नीति, पूर्वाधार र जनशक्तिसम्मका विषयमा धारणा राखेका थिए।

एआईको प्रयोग र सम्भावना

संवादमा वैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सूर्यांश वैद्यले एआईको प्रयोग अटोमोबाइल क्षेत्रमा मात्र नभई ट्राफिक व्यवस्थापन, सवारी सुरक्षा र व्यवसाय सञ्चालनमा समेत गर्न सकिने बताए । उनका अनुसार सवारीसाधनमा जडित सेन्सर तथा अन्य उपकरणबाट प्राप्त तथ्यांकलाई विश्लेषण गरेर प्रयोगकर्तालाई थप सुरक्षित, सहज र प्रभावकारी सेवा दिन सकिन्छ। वैद्यले एआईको प्रयोगबाट सडकको अवस्था पहिचान गर्नेदेखि सवारी चलाउने शैली सुधार गर्नेसम्मका काम गर्न सकिने बताए ।

त्यस्तै, एआईलाई रुट प्लानिङमा प्रयोग गरेर सवारीको ब्याट्री सकिनुअघि नै उपयुक्त चार्जिङ स्टेसनको सुझाव दिन सकिने पनि उनले बताए। मौसम तथा वर्षासम्बन्धी तथ्यांकलाई सवारीको प्रणालीसँग जोडेर सडकको अवस्थाअनुसार ट्र्याक्सन कन्ट्रोल मोड परिवर्तन गर्न सकिने सम्भावना पनि औंल्याए। तर, नेपालमा स्वचालित सवारी अर्थात् अटोनोमस ड्राइभिङको प्रयोग तत्काल सहज नरहेको वैद्यको भनाइ छ। उनले नेपालका फरक सडक तथा ट्राफिक अवस्थाका लागि स्थानीय डेटा र अनुसन्धान आवश्यक रहेको बताए।

सरकारी नियमन र नीति

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका प्रमुख सल्लाहकार सञ्जय पौडेलले आधुनिक अटोमोबाइल क्षेत्रमा डेटा व्यवस्थापन र सरकारी नियमनको आवश्यकता औंल्याए। नेपालमा विद्युतीय तथा प्रविधियुक्त सवारीसाधनको प्रयोग बढ्दै जाँदा सवारीसाधनबाट उत्पादन हुने डेटा, गुणस्तर परीक्षण, साइबर सुरक्षा र प्रविधिको नियमनमा सरकारको भूमिका थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।

पौडेलले कुनै वस्तु आयात गर्नुअघि र आयात भइसकेपछि त्यसको डेटा कसरी संकलन गर्ने, गुणस्तर कसरी मापन गर्ने र प्राप्त तथ्यांकलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा स्पष्ट प्रणाली आवश्यक रहेको बताए। उनले साइबर सुरक्षा र डेटा नेपालमै राख्ने सम्भावना तथा त्यसका लागि लाग्ने लागतबारे समेत नीतिगत रूपमा अध्ययन गर्नुपर्ने बताए। सवारीसाधनमा सफ्टवेयर, कनेक्टिभिटी, सेन्सर र डिजिटल प्रणालीको प्रयोग बढ्दै जाँदा सवारीसम्बन्धी डेटा पनि साइबर सुरक्षासँग जोडिने उनको भनाइ छ।

जनशक्ति उत्पादनमा चुनौती

अटोमोबाइल क्षेत्रमा नयाँ प्रविधि भित्रिए पनि त्यसअनुसारको जनशक्ति उत्पादनमा नेपाल कमजोर रहेको टेक्सस कलेज अफ म्यानेजमेन्ट एण्ड आईटीका सूचना प्रविधि निर्देशक डा. सुमन थापलियाले बताए। उनका अनुसार नेपालमा विद्युतीय तथा अत्याधुनिक सवारीसाधनको प्रयोग बढिरहेको भए पनि त्यसअनुरूप प्रविधि, अनुसन्धान र दक्ष जनशक्ति विकासमा पर्याप्त ध्यान पुगेको छैन।

थापलियाका अनुसार नेपालका अधिकांश कलेज तथा विश्वविद्यालयमा अझै प्रोग्रामिङ, वेब डेभलपमेन्ट, डेटाबेस, नेटवर्किङ लगायतका परम्परागत विषयमा बढी जोड दिइन्छ। तर आधुनिक सवारीमा प्रयोग भइरहेका सेन्सर, स्वचालन, एआई तथा अन्य डिजिटल प्रणालीका लागि आवश्यक जनशक्ति उत्पादनमा ध्यान जानु पर्ने आवश्यक रहेको छ । अब एआई, साइबर सुरक्षा, एम्बेडेड सिस्टम, रोबोटिक्स, एज कम्प्युटिङ, अटोमोटिभ सफ्टवेयर र डिजिटल फरेन्सिक जस्ता विषयलाई शिक्षामा प्राथमिकताका साथ समावेश गर्नुपर्ने उनले बताए।

अनुसन्धान र दीर्घकालीन लगानी

नेपाल एप्लाइड म्याथमेटिक्स एण्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्चकी कार्यकारी निर्देशक सन्ध्या सिटौलाले एआईलाई रोजगारी खोस्ने प्रविधिका रूपमा मात्रै हेर्न नहुने बताइन्। उनका अनुसार एआईले काम गर्ने शैलीलाई सहज बनाउनुका साथै अनुसन्धान, विश्लेषण र नयाँ सम्भावना पहिचानमा समेत सहयोग पुर्याइरहेको छ । सरकारी तहमा पनि एआईको प्रयोग बढाउनुपर्ने उनको भनाइ छ।

सिटौलाले नेपालमा अनुसन्धानको इकोसिस्टम निर्माण गर्न दीर्घकालीन लगानी आवश्यक रहेको बताइन्। आज अनुसन्धान गरेर भोलि नै परिणाम आउने अवस्था नहुने भन्दै अनुसन्धानलाई खर्च नभई दीर्घकालीन लगानीका रूपमा हेर्नुपर्ने उनको धारणा छ । उनले डेटा सुरक्षा पनि प्रविधिको विकाससँगै महत्वपूर्ण विषय बनेको बताइन्। सरकार, निजी क्षेत्र र अनुसन्धान संस्थाबीच सहकार्य आवश्यक रहेको बताउँदै उनले नेपालमा भएका अनुसन्धानलाई स्थानीय समस्या समाधानमा प्रयोग गर्नुपर्नेमा जोड दिइन्।

नाइमा संवाद

नाइमा संवादमा व्यक्त विचारले नेपालको अटोमोबाइल क्षेत्र अब केवल सवारीसाधन आयात गर्ने चरणबाट माथि उठेर डेटा, प्रविधि, अनुसन्धान र नवप्रवर्तनको केन्द्र बन्ने सम्भावना देखिएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशका विभिन्न क्षेत्रमा भारी वर्षा, सतर्क रहन मौसम विभागको आग्रह

ग्यास अभावमा नागरिक हैरान, बबरमहलमा वितरण थालिएपछि राहत

सम्बन्धित

प्रहरी सुधार : जनताको सेवक बनाउने कि शक्तिको प्रतीक?

नेपालमै बनेको पहिलो विद्युतीय स्कुटर अवलोकन गर्दै अर्थमन्त्री वाग्ले

आज देशभर वर्षाको सम्भावना, सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी

जाजरकोटमा पहिरोले घर तथा टहरा भत्कायो, १० घाइते, तीन जना बेपत्ता

नाइमा नेपाल मोबिलिटी एक्स्पो आज समापन हुँदै

२० वाणिज्य बैंकको नाफा ३२ प्रतिशत बढ्यो, नबिल शीर्ष स्थानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu