ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्षाले तनहुँमा तीनतले कच्ची घर भत्कियो, परिवार विस्थापित


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ४ : १५   बजे

तनहुँ  । अविरल वर्षाका कारण तनहुँको भिमाद नगरपालिकामा तीनतले कच्ची घर भत्किएर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

भिमाद नगरपालिका–३ सुनाकोटस्थित ४६ वर्षीय विष्णुकुमार श्रेष्ठको ढुङ्गा–माटोले बनेको तथा ढुङ्गाले छाएको घरको पछाडिपट्टिको गारो शुक्रबार राति भत्किएको हो। गारो भत्किएपछि घर पूर्ण रूपमा क्षतिग्रस्त भई बसोबास गर्न नमिल्ने अवस्थामा पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार राति करिब ९ बजे लगातारको वर्षाका कारण घरको पछाडिको गारो भत्किएको थियो। गारो भत्किएसँगै घरको संरचनामा ठूलो क्षति पुगेको र तत्काल बस्न जोखिमपूर्ण रहेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय भिमादबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लोकबहादुर क्षेत्रीको कमान्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार घरमा क्षति भए पनि समयमै सतर्कता अपनाइएकाले घटनामा कुनै मानवीय क्षति भएको छैन। चौपायासमेत सुरक्षित रहेको प्रहरीले जनाएको छ।

“घरको पछाडिको गारो भत्किँदा घर पूर्ण रूपमा क्षति भएको छ। अहिले बसोबास गर्न योग्य छैन,” प्रहरी नायब उपरीक्षक घिमिरेले भने।

लगातारको वर्षाका कारण ग्रामीण क्षेत्रमा रहेका कच्ची तथा पुराना घरहरू जोखिममा पर्न थालेपछि स्थानीय तह र सुरक्षा निकायले सतर्कता अपनाउन आग्रह गरेका छन्। श्रेष्ठको परिवारलाई तत्काल राहत तथा सुरक्षित बसोबासको व्यवस्था गर्न आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ग्यासको लाइन अझै हटेन, ठिमीमा बिहानैदेखि सिलिण्डर बोकेर उपभोक्ताको भीड

कांग्रेस इतर समूहको भेलामा ‘हिन्दु राष्ट्र’ प्रस्तावलाई लिएर विवाद

सम्बन्धित

२० वाणिज्य बैंकको नाफा ७० अर्ब नजिक, तर वितरणयोग्य नाफा ऋणात्मक

रुकुम पश्चिम जिल्ला अस्पतालमा चिकित्सक अभाव, दैनिक १५० भन्दा बढी बिरामी

ऊर्जा क्षेत्रमा काम ठप्प, सल्लाहकार थपिँदै : निजी क्षेत्रको प्रश्न–‘कामचाहिँ कहिलेदेखि सुरु हुन्छ, मन्त्रीज्यू?’

काभ्रेका अधिकांश एम्बुलेन्स मापदण्डविहीन, बिरामी बोक्ने ‘गाडी’मै सीमित

भदौमा पनि घट्यो बैंकको ब्याजदर, ५ बैंकले घटाए

ओभरलोड गर्ने मालवाहकलाई ५ लाखसम्म जरिवाना प्रस्ताव, सडक र पुल जोगाउन सरकारको कडाइ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu