ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२० वाणिज्य बैंकको नाफा ७० अर्ब नजिक, तर वितरणयोग्य नाफा ऋणात्मक


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ५ : ०५   बजे

काठमाडौं । आर्थिक गतिविधिले अपेक्षाअनुसार गति लिन नसके पनि वाणिज्य बैंकहरूले गत आर्थिक वर्षमा करिब ७० अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । कर्जा असुलीमा जोड दिँदा अधिकांश बैंकको नाफामा सुधार आएको हो ।

आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय प्रतिवेदनअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकले कुल ६९ अर्ब ८६ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएका छन् । तर, सबै बैंकको वितरणयोग्य नाफा जोड्दा ९५ करोड ६० लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।

खराब कर्जाका लागि ठूलो रकम प्रोभिजनिङ गर्नुपरेकाले खुद नाफा भए पनि बैंकहरूले सोही अनुपातमा लाभांश वितरण गर्न सक्ने अवस्था छैन । बैंकिङ क्षेत्रको वितरणयोग्य नाफामा देखिएको कमजोरीले आगामी साधारणसभाबाट सेयरधनीले पाउने लाभांशमा असर पर्ने देखिएको छ ।

पूर्व बैंकर परशुराम कुँवर क्षेत्रीका अनुसार अर्थतन्त्रको सुस्तताका कारण कर्जा असुलीमा समस्या बढेको छ । कतिपय बैंकको खराब कर्जा १५ प्रतिशतसम्म पुगेकाले प्रोभिजनिङ बढ्दा वितरणयोग्य नाफामा ठूलो असर परेको उनको भनाइ छ ।

यद्यपि, बैंकहरूको शुल्क तथा कमिसनलगायत गैरब्याज आम्दानी बढेको देखिन्छ । यसले आर्थिक गतिविधिमा केही सुधारको संकेत गरेको क्षेत्रीको विश्लेषण छ ।

नबिलको नाफा सबैभन्दा धेरै

गत आवमा नबिल बैंक सबैभन्दा धेरै खुद नाफा कमाउने बैंक बनेको छ । नबिलले ७ अर्ब ९० करोड ५७ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

नबिलपछि कुमारी बैंकले ७ अर्ब ३८ करोड ७१ लाख ९७ हजार र ग्लोबल आइएमई बैंकले ६ अर्ब २२ करोड ७१ लाख ५६ हजार रुपैयाँ नाफा कमाएका छन् ।

एभरेष्ट बैंकले ५ अर्ब ६ करोड ९९ लाख, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ५५ करोड ६८ लाख र नेपाल बैंकले ४ अर्ब ५० करोड १ लाख रुपैयाँ नाफा कमाएका छन् ।

प्राइम कमर्सियल बैंकको नाफा ४ अर्ब ११ करोड २५ लाख, एनएमबि बैंकको ४ अर्ब १ करोड ३६ लाख, सानिमा बैंकको ३ अर्ब ५५ करोड १ लाख, सिद्धार्थ बैंकको ३ अर्ब ५१ करोड ९४ लाख, लक्ष्मी सनराइज बैंकको ३ अर्ब ११ करोड ७१ लाख र स्ट्यान्डर्ड चार्टर्ड बैंकको २ अर्ब ८५ करोड २ लाख रुपैयाँ रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा, कृषि विकास, माछापुच्छ्रे, सिटिजन्स र नेपाल एसबीआई बैंकको नाफा २ अर्ब रुपैयाँभन्दा माथि छ ।

हिमालयन बैंकले १ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएको छ । एनआईसी एसिया बैंकको खुद नाफा भने १८ करोड १७ लाख रुपैयाँमा सीमित भएको छ । प्रभु बैंक २४ करोड १२ लाख रुपैयाँ खुद घाटामा गएको छ ।

एभरेष्टको वितरणयोग्य नाफा सबैभन्दा बलियो

खुद नाफाको तुलनामा वितरणयोग्य नाफाको अवस्था भने बैंकअनुसार निकै फरक देखिएको छ ।

एभरेष्ट बैंकको वितरणयोग्य नाफा ५ अर्ब २५ करोड ७८ लाख रुपैयाँ रहेको छ । नबिल बैंकको ५ अर्ब १६ करोड र ग्लोबल आइएमई बैंकको ४ अर्ब ५८ करोड रुपैयाँ वितरणयोग्य नाफा रहेको छ ।

तर, एनआईसी एसियाको वितरणयोग्य नाफा १४ अर्ब ८६ करोड रुपैयाँले ऋणात्मक छ । हिमालयन बैंकको ९ अर्ब ८४ करोड र प्रभु बैंकको ६ अर्ब ३१ करोड रुपैयाँले वितरणयोग्य नाफा ऋणात्मक देखिएको छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाका अनुसार बैंकहरू अहिले नयाँ व्यवसाय विस्तारभन्दा पुरानो कर्जा असुली र जोखिम व्यवस्थापनमा केन्द्रित हुनुपर्ने अवस्थामा छन् ।

उनका अनुसार बैंकिङ प्रणालीमा ठूलो परिमाणमा लगानीयोग्य तरलता रहे पनि कर्जाको माग कमजोर हुँदा व्यवसाय विस्तार अपेक्षाअनुसार हुन सकेको छैन ।

खराब कर्जामा प्रभु सबैभन्दा कमजोर

कर्जाको गुणस्तरका आधारमा एभरेष्ट बैंक सबैभन्दा बलियो देखिएको छ । एभरेष्टको खराब कर्जा अनुपात ०.४९ प्रतिशत मात्रै छ ।

यसको विपरीत प्रभु बैंकको खराब कर्जा १५.५५ प्रतिशत पुगेको छ । खराब कर्जाको उच्च दरले बैंकको वित्तीय स्वास्थ्यमा दबाब बढाएको छ ।

प्रतिसेयर नेटवर्थमा नेपाल बैंक २८७.७० रुपैयाँसहित अगाडि छ भने प्रभु बैंकको नेटवर्थ १४०.९२ रुपैयाँ रहेको छ ।

आधार दरमा एनआईसी एसियाको ५.८३ प्रतिशत सबैभन्दा बढी र राष्ट्रिय वाणिज्य बैंकको ४.२२ प्रतिशत सबैभन्दा कम रहेको छ । ब्याजदर अन्तर (स्प्रेड) भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३.७७ प्रतिशतदेखि हिमालयन बैंकको २.८३ प्रतिशतसम्म रहेको छ ।

बैंकहरूको लाभांश क्षमता कमजोर हुनुको प्रमुख कारण खराब कर्जाका लागि छुट्ट्याइएको इम्पेयरमेन्ट चार्ज हो । गत आवमा बैंकहरूले यस्तो जोखिम व्यवस्थापनका लागि कुल ३९ अर्ब ४० करोड रुपैयाँ छुट्ट्याएका छन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले मात्रै ६ अर्ब १९ करोड र ग्लोबल आइएमई बैंकले ४ अर्ब ७८ करोड रुपैयाँ इम्पेयरमेन्ट चार्जमा खर्च गरेका छन् ।

प्रतिसेयर आम्दानी (ईपीएस) मा भने एभरेष्ट बैंक ३६.९५ रुपैयाँसहित अगाडि छ । नेपाल बैंकको ईपीएस ३०.६३ रुपैयाँ रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकको पनि ईपीएस उल्लेख्य देखिएको छ ।

समग्रमा बैंकहरूको खुद नाफा बढेको देखिए पनि खराब कर्जा, प्रोभिजनिङ र वितरणयोग्य नाफाको अवस्थाले बैंकिङ क्षेत्रको वास्तविक वित्तीय स्वास्थ्य अझै चुनौतीपूर्ण रहेको संकेत गरेको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन तयारीको जिम्मा शशांक कोइरालालाई

कांग्रेस इतरसमूहको भेलाको समापनमा शेखर कोइराला अनुपस्थित

सम्बन्धित

घरेलु हिंसाका ७६ प्रतिशतभन्दा बढी मुद्दा मिलापत्रमै टुंगिन्छन्

नेपाल टेलिकमको खुद नाफा ४७.५८ प्रतिशतले बढ्यो

विराटनगरका सात आँखा अस्पताल सिल, सञ्चालक आन्दोलनमा

र्याडिसनमा ग्यास मौज्दातबारे टिप्पणीप्रति चेम्बरको आपत्ति

‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’तर्फ जान ५–१० वर्ष लाग्छ : सौरभ ज्योती

मिथिलामा सुरु भयो झुलनोत्सव, मठमन्दिरमा गुञ्जिन थाले झुलागीत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu