रौतहट, ३ बैशाख । रौतहटको वीरेन्द्र राजमार्ग गौरचपुर सडकखण्डमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गढीमाई नगरपालिकाका वडा नं ७ मा बस्ने ३५ वर्षको चालक सन्तोषकुमार पाल रहेका छन् । उनको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
BR. 30 P 0335 को भारतीय नम्बर प्लेटको स्करपियो गाडी गरूडाबाट गौर जाने क्रममा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गरूडाको प्रहरी निरीक्षक गोविन्द थापाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्