ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह


ABC NEWS
४ भदौ २०८३, बिहिबार   १० : ३५   बजे

सरकारी खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौँ । सरकारले सरकारी निकायबाट हुने खरिदमा स्वदेशी उत्पादन र सेवाको उपयोगलाई प्राथमिकता दिन निर्देशन दिएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक खरिदसम्बन्धी विद्यमान कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयन गर्न सबै सरकारी निकायलाई आग्रह गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार वक्तव्य जारी गर्दै संघीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश सरकार, स्थानीय तह तथा विदेशस्थित नेपाली नियोगलगायत सबै सार्वजनिक निकायलाई खरिद प्रक्रियामा सम्भव भएसम्म नेपाली उत्पादनलाई प्राथमिकता दिन अनुरोध गरेको छ ।

आन्तरिक उत्पादनको योगदान बढाउने, आयात प्रतिस्थापन गर्ने, स्थानीय सीप तथा उद्यमको संरक्षण गर्ने र स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिए ।

कुन–कुन वस्तुमा प्राथमिकता ?

सरकारी कार्यालयका बैठक, समारोह, कोसेली, उपहार तथा सजावटमा सम्भव भएसम्म नेपाली हस्तकलाका सामग्री प्रयोग गर्नुपर्नेछ ।

त्यसैगरी स्टेसनरी तथा छपाइ सामग्री, फर्निचर, साजसज्जाका सामान, निर्माण सामग्री, मेसिनरी औजार तथा उपकरण, कृषि तथा पशुजन्य उत्पादन र खाद्य तथा पेय पदार्थ खरिद गर्दा स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्नेछ ।

सार्वजनिक खरिद ऐन, २०६३ लगायत प्रचलित कानुनको अधीनमा रहेर स्वदेशी वस्तु खरिद गर्नुपर्नेछ । यसका लागि वस्तुको उपलब्धता, गुणस्तर, मूल्य र सुरक्षाको मापदण्डसमेत सुनिश्चित गर्नुपर्ने सरकारले स्पष्ट पारेको छ ।

बोलपत्रसम्बन्धी कागजात तयार पार्दा नै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने व्यवस्था अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ ।

नियमित अनुगमन हुने

स्वदेशी वस्तुको प्रयोगसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सरकारी निकायका प्रमुखले नियमित अनुगमन गर्नुपर्नेछ ।

मन्त्रालयहरूले त्रैमासिक रूपमा यसको निरीक्षण गरी सरकारी खरिदमा स्वदेशी वस्तुको प्रयोग सुनिश्चित गर्नुपर्ने व्यवस्था गरिएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘रवि–बालेन समूहले पनि धुर्मुस–सुन्तलीकै नियति भोग्न सक्छ’ : शंकर पोखरेल

रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सुनको मूल्य तोलामा ९ हजार ३०० रुपैयाँले बढ्यो

‘रवि–बालेन समूहले पनि धुर्मुस–सुन्तलीकै नियति भोग्न सक्छ’ : शंकर पोखरेल

वैवाहिक जबरजस्ती करणी मुद्दामा सञ्जय महर्जनलाई सर्वोच्चबाट सफाइ

रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता

सुनको मूल्य तोलामा ९ हजार ३०० रुपैयाँले बढ्यो

सुनको भाउमा आज भारी वृद्धि, तोलामा ९ हजार ३ सय रुपैयाँ बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu