ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘रवि–बालेन समूहले पनि धुर्मुस–सुन्तलीकै नियति भोग्न सक्छ’ : शंकर पोखरेल


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ११ : २५   बजे

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारको कार्यशैलीको तुलना कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरु गर्दाको अवस्थासँग गरेका छन्।

बिहीबार फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिलेकै शैलीमा सरकार सञ्चालन गरिरहे ‘रवि–बालेन समूह’ले पनि धुर्मुस–सुन्तलीकै नियति भोग्नुपर्ने चेतावनी दिएका हुन्।

पोखरेलले धुर्मुस–सुन्तलीले दानदातव्यको भरमा ठूलो परियोजना सुरु गर्नु अपरिपक्व कदम भएको टिप्पणी गरेका छन्। रकम अभाव र बढ्दो उधारोका कारण परियोजना संकटमा परेको र उनीहरू पलायन हुन बाध्य भएको उनको दाबी छ।

उनले अहिलेको नयाँ राजनीतिक नेतृत्वको कार्यशैली पनि त्यस्तै दिशातर्फ अघि बढिरहेको आरोप लगाएका छन्।

‘राजनीति लामो संघर्ष, समर्पण र राज्य सञ्चालनको कला तथा विज्ञान हो। केवल डिजिटल लोकप्रियता र एल्गोरिदमको भरमा सत्ता चलाउन खोज्दा मुलुकमा चौतर्फी अन्योल, आर्थिक शिथिलता र सामाजिक संकट गहिरिँदै गएको छ,’ पोखरेलले लेखेका छन्।

उनले स्पष्ट योजना र दूरदर्शिताबिना राज्यसत्ता सञ्चालन गरे नयाँ राजनीतिक नेतृत्वले समेत असमयमै पलायनको बाटो रोज्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।

‘समयमै चेत खुलोस्!’ भन्दै पोखरेलले वर्तमान सरकारलाई कार्यशैली सुधार गर्न संकेत गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘स्पष्टीकरणको मौका नदिई फेसबुकबाटै निलम्बन गरियो’ : राजेश खिम्दुङ

कर्णाली सरकार विस्तार : एमालेका तीन मन्त्रीले लिए शपथ, नेकपाका मन्त्री अझै बाँकी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

किष्ट अस्पतालमा पाँच वर्षीया बालिकामा सफल कलेजो प्रत्यारोपण

‘स्पष्टीकरणको मौका नदिई फेसबुकबाटै निलम्बन गरियो’ : राजेश खिम्दुङ

‘फुटवेयर इन्डिया एक्स्पो–२०२६’ मा नेपाली ब्रान्ड जेम्सले सहभागिता जनाउने

‘हल्का टिप्पणीका आधारमा प्रदेश संरचना खारेज हुँदैन’ : मुख्यमन्त्री शाही

‘असहज अवस्थामा सरकारको प्रभावकारी उपस्थिति देखिनुपर्छ’ : कँडेल

बुबाको निधनपछि पहिलो गोल गर्दै लयमा फर्किए मेसी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu