ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेश जाने योजना त्यागेर अकबरे खेती, पहिलो हप्तामै एक लाख आम्दानी


ABC NEWS
४ भदौ २०८३, बिहिबार   २ : ५५   बजे

पर्वत । वैदेशिक रोजगारीमा जाने तयारी गरेका पर्वतका एक किसानले विदेश जाने योजना त्यागेर अकबरे खुर्सानी खेती सुरु गर्दा राम्रो आम्दानी गर्न सफल भएका छन्।

ठाँटी गाउँपालिका–४ का ज्ञानप्रसाद भुषाल यातायात व्यवसायमा नोक्सानी भएपछि रोजगारीको खोजीमा काठमाडौं पुगेका थिए। देशमै पर्याप्त रोजगारीको अवसर नदेखेपछि उनले विदेश जाने तयारी गर्दै पासपोर्टसमेत बनाएका थिए। तर, यही क्रममा उनकी वृद्ध आमाको मिर्गौलामा गम्भीर समस्या देखिएपछि विदेश जाने योजना स्थगित गर्नुपर्‍यो।

आमाको उपचार खर्च जुटाउनुपर्ने अवस्था आएपछि परिवार छाडेर विदेश जानुभन्दा आफ्नै जग्गामा केही गर्ने सोच बनाएका भुषालले बाँझो जग्गामा अकबरे खुर्सानी खेती सुरु गरे। अहिले यही खेती उनको आम्दानीको मुख्य स्रोत बनेको छ।

भुषालले विहादी गाउँपालिका–४ लामाखर्कस्थित आफ्नो पाँच रोपनी जग्गामा करिब ३ हजार अकबरे खुर्सानीका बिरुवा लगाएका छन्। खेतीबाट उत्पादन सुरु भएको पहिलो हप्तामै उनले एक लाख रुपैयाँभन्दा बढीको खुर्सानी बिक्री गरेका छन्।

‘यो सिजनको पहिलो चरणमै हप्ताभित्र करिब एक लाख रुपैयाँबराबरको खुर्सानी बिक्री गरिसकेको छु,’ भुषालले भने।

अकबरे खुर्सानीबाट भएको आम्दानीले उनकी आमा हुमकला शर्माको प्रदेश अस्पताल कुश्मामा भइरहेको डायलोसिस उपचारको खर्च जुटाउनसमेत सहयोग पुगेको छ।

यसअघि सोही जग्गामा मकै र कोदो लगाउँदै आएका भुषालले त्यसबाट अपेक्षित आम्दानी गर्न सकेका थिएनन्। तर, अकबरे खुर्सानीको बजार र मूल्य राम्रो भएपछि खेतीबाटै आम्दानी गर्न सकिने विश्वास बढेको उनको भनाइ छ।

भुषालले यस वर्ष खुर्सानी बिक्रीबाट करिब १० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छन्। आगामी वर्ष थप १० हजार बोट विस्तार गरी वार्षिक २० लाख रुपैयाँसम्म आम्दानी गर्ने योजना बनाएका छन्।

उनका अनुसार ३ हजार बोटबाट एक पटकमा करिब ६० किलोसम्म खुर्सानी उत्पादन हुने गरेको छ। बोटमा लगातार फल लाग्ने भएकाले पाकेका खुर्सानी क्रमशः टिप्दै बिक्री गर्ने गरिएको छ।

स्थानीय बजारसँगै पर्वत सदरमुकाम कुश्मा र पोखरामा अकबरे खुर्सानीको माग राम्रो रहेकाले बिक्रीमा समस्या नभएको भुषालले बताए।

उनको व्यवसायलाई कृषि विकास कार्यालय पर्वतले पनि सहयोग गरेको छ। कार्यालयले तरकारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत प्राविधिक सहयोगसँगै बीउ, मल्चिङ प्लास्टिक, मल र हाते ट्याक्टरका लागि करिब ५० हजार रुपैयाँ बराबरको अनुदान उपलब्ध गराएको थियो।

भुषालले अकबरे खेतीमा गाउँमै उत्पादन हुने गोठे मलखाद प्रयोग गरेका छन्। गत वैशाखमा रोपिएको खुर्सानी असारको तेस्रो सातादेखि उत्पादन दिन थालेको उनले बताए।

विदेश गएर रोजगारी खोज्नुभन्दा आफ्नै जमिन र श्रमको सदुपयोग गर्न सके गाउँमै राम्रो आम्दानी गर्न सकिने उदाहरण भुषालको अकबरे खेतीले दिएको छ। आमाको उपचार खर्च जुटाउने बाध्यताबाट सुरु भएको उनको कृषि यात्रा अहिले व्यावसायिक खेती विस्तार गर्ने योजनासम्म पुगेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचन निष्पक्ष र पारदर्शी बनाउन संयुक्त अपिल

देउवा छैटौँ पटक प्रधानमन्त्री बन्न नपाउँदा असन्तुष्ट भए : गगन थापा

सम्बन्धित

जमिन चर्किएपछि रसुवामा १० परिवारका ३१ जना सुरक्षित स्थानमा सारिए

गोरखामा मरुवा रोगले चैते धान उत्पादन आधाले घट्यो

छाडाचौपायाको समस्या समाधान गर्न किसानको गाउँपालिका परिसरमा विरोध

भोजपुरमा आलु खेतीप्रति किसानको आकर्षण बढ्दो, गाउँमै पुगेर व्यापारीले किन्न थाले

पर्वतमा गाईमा लम्पी स्किनको आशंका, खोपसँगै नमुना परीक्षण सुरु

सप्तरीमा मल वितरणमा अनियमितताको आरोप, किसानको उजुरीपछि प्रशासनले माग्यो विवरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu