ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाडा अटो शोमा Sierra.ev सार्वजनिक हुँदै, नेपाली ईभी बजारमा नयाँ प्रतिस्पर्धाको संकेत


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ४ : २५   बजे

काठमाडौं । भारतीय अटोमोबाइल बजारमा चर्चा र सफलता हासिल गरेको Sierra.ev नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गर्ने भएको छ। अत्याधुनिक प्रविधि, फ्युचरिस्टिक डिजाइन र प्रिमियम फिचर्ससहितको यो विद्युतीय एसयूभी आगामी नाडा अटो शो २०२६ मा सार्वजनिक गरिने भएको हो।

भदौ १० देखि १५ गतेसम्म काठमाडौंमा आयोजना हुने नाडा अटो शोमा Sierra.ev को औपचारिक लन्च गरिने कम्पनीले जनाएको छ। लन्चअघि नै नेपाली अटो पारखीमाझ चासो बढाएको यो मोडलले नेपाली विद्युतीय सवारी बजारमा नयाँ प्रतिस्पर्धा थप्ने अपेक्षा गरिएको छ।

Sierra.ev मा अत्याधुनिक प्रविधि, प्रिमियम सुविधा र आकर्षक डिजाइनलाई प्राथमिकता दिइएको छ। भारतीय बजारमा बिक्री तथा बुकिङमा राम्रो प्रतिक्रिया पाएको यो मोडलले नेपालमा पनि उपभोक्ताको ध्यान तान्ने अपेक्षा गरिएको कम्पनीको दाबी छ।

नेपाली सडकको अवस्था र चालकको आवश्यकतालाई ध्यानमा राखेर Sierra.ev नेपाल भित्र्याइएको बताइएको छ। दमदार रोड प्रेजेन्स, विद्युतीय ड्राइभिङ अनुभव, ब्याट्री रेन्ज तथा मजबुत निर्माण यसको प्रमुख विशेषताका रूपमा प्रस्तुत गरिएको छ।

कम्पनीका अनुसार Sierra.ev को आगमनले नेपाली ईभी बजारमा प्रिमियम विद्युतीय एसयूभीको प्रतिस्पर्धालाई थप विस्तार गर्नेछ। नाडा अटो शोमा यसको सार्वजनिक प्रस्तुतिसँगै नेपाली उपभोक्ताले गाडीलाई प्रत्यक्ष अवलोकन गर्न पाउनेछन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अख्तियारको भूमिकामाथि ज्ञानेन्द्र शाहीको प्रश्न, ठूला भ्रष्टाचारका मुद्दा अघि बढाउन माग

सामाजिक सेवाबाट मुख्यमन्त्रीसम्म : को हुन् बागमतीका नयाँ मुख्यमन्त्री किरण थापा मगर?

सम्बन्धित

राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घ रावलद्वारा पदभार ग्रहण

बैंकिङ कसुर मुद्दामा कांग्रेसका प्रदेशसभा क्षेत्रीय सभापति कुँवर पक्राउ

बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त

किरण थापा बागमतीको नयाँ मुख्यमन्त्री बन्दै, आजै शपथ

प्रेम राईको खुलासा : ‘भ्रष्टाचारको डिल विदेशमा हुन्छ, सम्झौता नहुँदा हात बाँधिन्छ’

आईजीपीलाई खगेन्द्र सुनारको चुनौती : ‘मानमर्दन भयो भने अदालत जानुस्, कठघरामा जवाफ दिन म तयार छु’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu