काठमाडौं । नेपाली कांग्रेस धादिङ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर २ (ख) का सभापति राजकुमार कुँवर बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार कुँवरलाई बुधबार कलंकीबाट पक्राउ गरिएको हो । धादिङको धुनिबेँसी नगरपालिका घर भई काठमाडौं बस्दै आएका कुँवरलाई २० लाख रुपैयाँ बिगो रहेको बैंकिङ कसुरसम्बन्धी जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी अनुसन्धान जारी
प्रहरीका अनुसार कुँवरविरुद्ध बैंकिङ कसुरसम्बन्धी जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका कुँवरमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ । घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि सार्वजनिक हुने प्रहरीले बताएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्