ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ४ : ३५   बजे

काठमाडौँ । नेकपा एमालेका किरण थापा मगर बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

थापाले बुधबार नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। तीन दलको समर्थनमा बहुमत जुटेपछि प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

एमाले र नेकपाबीच बनेको नयाँ सत्ता समीकरणअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेको भागमा परेको थियो।

यसअघि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेसका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ अल्पमतमा परेका थिए। बानियाँले राजीनामा दिएपछि प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए।

आजै शपथ

मुख्यमन्त्री नियुक्त भएका थापाले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ। प्रदेश प्रमुखको कार्यालयका अनुसार शपथपछि थापाले पदभार ग्रहण गर्नेछन्।

थापाको नियुक्तिसँगै बागमती प्रदेशमा एमाले–नेकपा–राप्रपा गठबन्धनको नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अख्तियारको भूमिकामाथि ज्ञानेन्द्र शाहीको प्रश्न, ठूला भ्रष्टाचारका मुद्दा अघि बढाउन माग

सामाजिक सेवाबाट मुख्यमन्त्रीसम्म : को हुन् बागमतीका नयाँ मुख्यमन्त्री किरण थापा मगर?

सम्बन्धित

राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घ रावलद्वारा पदभार ग्रहण

बैंकिङ कसुर मुद्दामा कांग्रेसका प्रदेशसभा क्षेत्रीय सभापति कुँवर पक्राउ

किरण थापा बागमतीको नयाँ मुख्यमन्त्री बन्दै, आजै शपथ

नाडा अटो शोमा Sierra.ev सार्वजनिक हुँदै, नेपाली ईभी बजारमा नयाँ प्रतिस्पर्धाको संकेत

प्रेम राईको खुलासा : ‘भ्रष्टाचारको डिल विदेशमा हुन्छ, सम्झौता नहुँदा हात बाँधिन्छ’

आईजीपीलाई खगेन्द्र सुनारको चुनौती : ‘मानमर्दन भयो भने अदालत जानुस्, कठघरामा जवाफ दिन म तयार छु’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu