ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिद्धार्थ बैंकमा अनलाइनबाट व्यवसायिक तथा कर्पोरेट खाता खोल्न सकिने


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ६ : ३५   बजे

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैंकिङ क्षेत्रमा पहिलोपटक व्यवसायिक तथा कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खाता खोल्न सकिने डिजिटल सेवा सञ्चालनमा ल्याएको छ।

नयाँ सेवामार्फत नेपालमा दर्ता भएका कम्पनी, फर्म, संस्था तथा अन्य व्यवसायिक ग्राहकले अनलाइनबाटै खाता खोल्ने प्रक्रिया अघि बढाउन सक्नेछन्। ग्राहकको समय बचत गर्नुका साथै प्रक्रियागत झन्झट कम गर्दै बैंकिङ सेवालाई सहज, सरल र प्रविधिमैत्री बनाउने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

अनलाइन प्रणालीमार्फत आवश्यक विवरण तथा कागजात पेश गरी व्यवसायिक तथा कर्पोरेट खाता खोल्ने प्रक्रिया डिजिटल माध्यमबाट अघि बढाउन सकिनेछ।

तर, खाता सक्रियताका लागि आवश्यक प्रमाणीकरण तथा अन्य प्रक्रिया पूरा गर्न ग्राहकले सक्कली कागजातसहित आफूलाई पायक पर्ने बैंकको शाखामा एकपटक भौतिक रूपमा उपस्थित हुनुपर्नेछ।

बैंकका अनुसार नयाँ सेवाले व्यवसाय तथा संस्थागत ग्राहकलाई खाता खोल्ने प्रक्रियामा थप सुविधा प्रदान गर्नुका साथै बैंकिङ सेवामा डिजिटल पहुँच विस्तार गर्न सहयोग पुर्‍याउनेछ।

ग्राहकको समय र प्रक्रियागत झन्झट न्यूनीकरण गर्दै बैंकिङ सेवालाई थप प्रविधिमैत्री बनाउने उद्देश्यले ल्याइएको यो सेवाबाट व्यवसायिक तथा संस्थागत ग्राहकले अनलाइनबाटै खाता खोल्ने प्रक्रिया सुरु गर्न सक्ने बैंकले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन पारिवारिक भ्रमणमा पोखरा पुगे, शनिबार मुस्ताङ जाने

बागमतीका मुख्यमन्त्री किरण थापामगरले भदौ ७ गते विश्वासको मत लिने

सम्बन्धित

महासंघले श्रम कानुन समयानुकूल बनाउन सरकारसँग माग

साउनमा एलपीजी ग्यासको आयात दोब्बरभन्दा बढी, ८ अर्ब ४६ करोडको ग्यास भित्रियो

कैलालीमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष २ लाख घुससहित पक्राउ

सीजी इलेक्ट्रोनिक्सद्वारा एलजी कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना

लगानी बोर्डको सीईओ नियुक्त भएको १६ दिन बित्दा पनि याङ्कीले सम्हाल्न पाइनन् पद

साउनमा नेपालको वैदेशिक व्यापार ३५ प्रतिशतले बढ्यो, व्यापार घाटा १ खर्ब ४८ अर्ब

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu