काठमाडौं । सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
दुर्घटना सर्लाहीको हरिपुर्वा नगरपालिका–३ स्थित काब्रिस्तान नजिकै पर्ने धनकौल–पर्सा भित्री सडकखण्डमा गएराति भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ज ११ प १२१३ नम्बरको मोटरसाइकलमा पछाडि सवार हरिपुर्वा नगरपालिका–३ निवासी ४० वर्षीय कारी पमरियाको उपचारका क्रममा मृत्यु भएको हो।
यस्तै, प्रदेश २–०२–००३ प ११७५ नम्बरको मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–१५, सुक्नाहका ४५ वर्षीय चन्देश्वर दास घाइते भएका छन्। उनको जनकपुरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न ज ११ प १२१३ नम्बरको मोटरसाइकल चालक हरिपुर्वा नगरपालिका–३ का २६ वर्षीय अदुत शेखलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुवै मोटरसाइकललाई नियन्त्रणमा लिएर प्रहरी चौकी पर्सामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्