गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा रेसुंगा नगरपालिका–७, कुडापानीकी ५५ वर्षीया कमला पाण्डे रहेकी छन्।
प्रहरीका अनुसार स्थानीय निउरेनी जंगलको गोरेटो बाटोमा बाँदर धपाउने क्रममा पाण्डे चिप्लिएर करिब २५ मिटर तल खसेकी थिइन्। दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई तत्काल गुल्मी अस्पताल तम्घास लगिएको थियो।
उपचारका क्रममा शुक्रबार साँझ पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।
घटनाको जानकारी पाएलगत्तै प्रहरी सहायक निरीक्षक विष्णुबहादुर पाण्डेको नेतृत्वमा सात जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले घटनास्थलको निरीक्षण गरी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्