ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वासुदेव खोलामा बाढी : चार बालिका बगे, तीनको मृत्यु, पुल नहुँदा निम्तिएको त्रासदी


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   १० : ०५   बजे

हेटौँडा । मकवानपुरको हेटौँडा–१९, वस्तीपुरस्थित वासुदेव खोलामा आएको बाढीले चार बालिकालाई बगाउँदा तीन जनाको मृत्यु भएको छ। विद्यालयबाट घर फर्किने क्रममा मंगलबार दिउँसो आएको भेलमा चार बालिका बगेका थिए। एक बालिका भने बुट्टा समातेर बाँच्न सफल भएकी छन्।

बाढीमा परी निर्मल माध्यमिक विद्यालयमा अध्ययनरत १३ वर्षीया सुमित्रा भोलन, ८ वर्षीया रोशनी स्याङ्तान र १२ वर्षीया विनिता भोलनको मृत्यु भएको हो।

उनीहरू मंगलबार करिब ४ बजे विद्यालयबाट घरतर्फ हिँडेका थिए। घर पुग्न वासुदेव खोला तर्नुपर्ने बाध्यता उनीहरूको नियमित बाटो थियो। वर्षायाममा खोला बढ्ने गरे पनि सामान्य अवस्थामा खोलामा बनाइएको स्ल्याबबाट विद्यार्थीहरू आवतजावत गर्दै आएका थिए।

घटनाको दिन विद्यालय आसपास ठूलो पानी परेको थिएन। तर घरनजिक पुग्दा सिमसिम पानी परिरहेको थियो। स्थानीयका अनुसार लेक क्षेत्रमा परेको पानीका कारण एक्कासि खोलाको बहाव बढेको थियो।

चार बालिका एकअर्काको हात समातेर खोला तर्न खोज्दा सुरुमा ८ वर्षीया रोशनीलाई भेलले बगाएको थियो। त्यसपछि सुमित्रा र विनिता पनि भेलमा परेका थिए।

एक बालिका झारी समातेर बाँचिन्

घटनाका क्रममा १६ वर्षीय एक किशोरले बालिकालाई बचाउन खोलामा हाम फाले पनि सफल हुन सकेनन्। चारमध्ये सीमा भोलन भने खोलाले बगाउँदै लगेपछि एउटा झारी समातेर बाहिर निस्कन सफल भइन्।

सीमाका अनुसार उनीहरू चारै जना हात समातेर खोला तर्दै थिए। ‘सुरुमा सानु बहिनीलाई बगायो, त्यसपछि सुमित्रा बहिनीलाई बगायो। त्यसपछि मलाई पनि बगायो,’ उनले भनिन्, ‘बगाइसकेपछि को को कता पुगे, थाहा पाइनँ।’

रोशनीको शव घटनास्थलभन्दा करिब पाँच सय मिटर तल रुखको जरामा अड्किएको अवस्थामा सोही साँझ फेला परेको थियो। विनिताको शव घटनास्थलबाट करिब चार किलोमिटर तल बालुवाले आधा पुरिएको अवस्थामा बुधबार फेला परेको थियो। सुमित्राको शव भने शुक्रबार राप्ती नदीको काँसको बुटोमा अड्किएको अवस्थामा फेला परेको हो।

परिवारमा बज्रियो पीडा

रोशनीका पिता दीप स्याङ्तान छोरीको मृत्युले शोकमा छन्। उनका अनुसार रोशनी प्रायः दिदीसँगै घर फर्किन्थिन्। घटनाको दिन छोरी बगेको खबर भाइहरूले फोन गरेपछि मात्रै आफूले थाहा पाएको उनले बताए।

रोशनीकी आमा वैदेशिक रोजगारीका क्रममा बहराइनमा रहेको परिवारले जनाएको छ।

सुमित्राका आमाबुबा राक्सिराङ गाउँपालिकामा बस्दै आएका छन्। पढाइका लागि सुमित्रालाई डाँडागाउँस्थित हजुरबुबा–हजुरआमासँग राखिएको थियो। खोलामा जोखिम रहेकाले परिवारका सदस्यले पालैपालो उनलाई लिन जाने गरेको उनकी आमाले बताइन्।

‘त्यो खोलाको भर छैन भनेर जहिले मामाहरू लिन जान्थे। त्यो दिन कामतिर भएर जान भ्याएनछन्,’ सुमित्राकी आमाले भनिन्, ‘एकछिन ढिला हुनाले छोरीको मुख देख्न पाइनँ।’

वर्षौँदेखि पुलको माग, अझै बनेन

स्थानीयवासीका अनुसार वासुदेव खोलामा पुल निर्माणको माग लामो समयदेखि हुँदै आएको थियो। विद्यालय जाने बाटोमै खोला पर्ने भएकाले वर्षायाममा विद्यार्थी तथा स्थानीयलाई आवतजावत गर्न समस्या हुँदै आएको थियो।

स्थानीयले तीनै तहका सरकारसँग पुल तथा कल्भर्ट निर्माणको माग गर्दै आए पनि हालसम्म स्थायी संरचना निर्माण हुन सकेको छैन।

जनप्रतिनिधिका अनुसार पुल निर्माणका लागि आवश्यक जग्गा निजी स्वामित्वमा रहेकाले समस्या भएको हो। जग्गाधनीले हेटौँडा उपमहानगरपालिकालाई विपक्षी बनाएर अदालतमा मुद्दा दायर गरेपछि निर्माण प्रक्रिया रोकिएको बताइएको छ।

हेटौँडा–१९ का वडाध्यक्ष नरनाथ सुवेदीका अनुसार पुल निर्माणका लागि बजेट विनियोजन हुँदै आए पनि जग्गासम्बन्धी विवादका कारण काम अघि बढ्न सकेको छैन।

हेटौँडा उपमहानगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामाले पनि उक्त स्थानमा संरचना निर्माणका लागि पटक–पटक बजेट विनियोजन भएको बताइन्।

उनका अनुसार विवाद समाधान गरी कल्भर्ट निर्माण गर्ने विषयमा छलफल भए पनि खोला पर्ने जग्गा निजी स्वामित्वमा रहेकाले समस्या भएको हो। गत आर्थिक वर्षमा सोही स्थानमा कल्भर्ट निर्माणका लागि वडा कार्यालयले ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर, काम सुरु हुन नसकेपछि डाँडागाउँ जाने बाटोमा स्ल्याब ढलान गरिएको थियो।

वर्षौँदेखि पुलको माग हुँदै आए पनि स्थायी संरचना बन्न नसक्दा विद्यालयबाट घर फर्किरहेका बालिकाले ज्यान गुमाएको घटनाले स्थानीय तहको पूर्वाधार व्यवस्थापन र जोखिम न्यूनीकरणमाथि गम्भीर प्रश्न उठाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

हिमालयको बदलिँदो जोखिम : अब विपद् आउनुअघि नै सोच्नुपर्ने समय

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

 राहत बाँड्ने राज्य होइन, जोखिम घटाउने र नागरिकलाई सुरक्षित बनाउने राज्य चाहिन्छ

कांग्रेस संस्थापनइतर पक्षले मंसिर २१ देखि छुट्टै महाधिवेशन गर्ने

रोहित गुप्तालाई २ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu