ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राप्रपाका तीन मन्त्रीलाई १२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   १० : १५   बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सरकारमा मन्त्री बनेका आफ्ना तीन जना सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

पार्टीको निर्णय र निर्देशनविपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

राप्रपाका प्रवक्ता मोहनबहादुर श्रेष्ठका अनुसार केन्द्रीय अनुशासन समितिले तीनै सांसदलाई ‘किन कारबाही नगर्ने?’ भन्दै १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

राप्रपाले यसअघि संसदीय दलका नेताको निजी लेटरप्याड प्रयोग गरी बागमती प्रदेश सरकारलाई पार्टीका तर्फबाट समर्थन गरेको भन्दै प्रदेशसभा सदस्य उद्धव थापाको पार्टी सदस्यता निलम्बन गरेको थियो। साथै, उनलाई प्रदेशसभा सदस्य पदबाट समेत पदमुक्त गर्ने निर्णय गरेको थियो।

पार्टीले उक्त निर्णय र निर्देशनबारे जानकारी हुँदाहुँदै विष्ट, प्रजापति र तामाङले प्रदेश सरकारका मन्त्रीका रूपमा शपथ लिएको जनाएको छ।

को–को बने मन्त्री?

बिहीबार मुख्यमन्त्री किरण थापाको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले राप्रपाका तीन सांसदलाई मन्त्री नियुक्त गरेका थिए। उनीहरूले बिहीबार नै शपथ लिएका थिए।

राजु विष्ट खानेपानी तथा ऊर्जा सिँचाइ मन्त्री, राजेन्द्र प्रजापति उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री र राप्रपा संसदीय दलका उपनेता गिरबहादुर तामाङ स्वास्थ्य तथा सामाजिक विकास मन्त्री बनेका छन्।

तामाङको नेतृत्वमा राप्रपा बागमती प्रदेश सरकारमा सहभागी भएको हो।

थप कारबाही हुनसक्ने

पार्टीको निर्णय उल्लंघन गरेको निष्कर्षसहित स्पष्टीकरण मागिएको राप्रपाले जनाएको छ। तोकिएको समयभित्र प्राप्त हुने स्पष्टीकरण अध्ययन गरेपछि तीनै जनामाथि थप कारबाहीबारे निर्णय गरिने पार्टीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

हिमालयको बदलिँदो जोखिम : अब विपद् आउनुअघि नै सोच्नुपर्ने समय

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

 राहत बाँड्ने राज्य होइन, जोखिम घटाउने र नागरिकलाई सुरक्षित बनाउने राज्य चाहिन्छ

कांग्रेस संस्थापनइतर पक्षले मंसिर २१ देखि छुट्टै महाधिवेशन गर्ने

रोहित गुप्तालाई २ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu