ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री बालेन अस्ताममा, स्थानीयलाई भेट्न नपाउँदा खानेपानीको गुनासो सुनाउने अवसर गुम्यो


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   १० : १५   बजे

पोखरा । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) शुक्रबार परिवारसहित मुस्ताङ जाने क्रममा कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्ताम पुगेका छन्। उनी अस्तामस्थित अन्नपूर्ण इको भिलेजमा बस्ने भएका छन्।

प्रधानमन्त्री शाह पोखराबाट स्थलमार्ग हुँदै पौने ३ बजे अस्ताम पुगेका हुन्। उनको भ्रमण निजी तथा पारिवारिक रहेको सरकारी अधिकारीहरूले बताएका छन्। भ्रमणबारे स्थानीय प्रशासनलाई समेत औपचारिक जानकारी थिएन।

कास्कीका प्रमुख जिल्ला अधिकारी शोभाखर अधिकारीले प्रधानमन्त्री आउनेबारे आफूहरूलाई पूर्वजानकारी नभएको बताए। “प्रधानमन्त्री आउनुहुन्छ भन्ने थाहा थिएन, आएपछि मात्रै जानकारी भयो,” उनले भने।

प्रधानमन्त्री शाह कालो सिसा भएको गाडीमा सुरक्षा घेराबीच इको भिलेजतर्फ लागेका थिए। स्थानीयवासीले उनलाई भेटेर आफ्ना समस्या राख्न खोजे पनि प्रत्यक्ष भेट्न नपाएको बताएका छन्। नेपाली सेनाले प्रधानमन्त्रीको सुरक्षा व्यवस्था मिलाएको छ।

खानेपानीको समस्या सुनाउने स्थानीयको चाहना

अस्तामका स्थानीयवासीले प्रधानमन्त्री शाहलाई भेटेर गाउँको खानेपानी समस्या सुनाउन चाहेका थिए। स्थानीय नन्दलाल अधिकारीका अनुसार गाउँमा खानेपानीको अभाव लामो समयदेखि रहेको छ।

“हामीले भेट्न पाएको भए खानेपानीको समस्याबारे कुरा राख्न मन थियो,” उनले भने।

रामप्रसाद अधिकारीले पनि गाउँमा खानेपानीको चरम अभाव रहेको बताए। उनका अनुसार हाल धम्पुसबाट पानी ल्याउने गरिएको भए पनि भौगोलिक उचाइका कारण माथिल्लो क्षेत्रमा पर्याप्त पानी पुग्न सकेको छैन।

स्थानीयवासीले यसअघि कुनै प्रधानमन्त्री अस्ताम नआएको भन्दै प्रधानमन्त्री शाहसँग भेटेर गाउँको समस्या राख्न पाएको भए राम्रो हुने बताएका छन्।

मुस्ताङ जाने तयारी

सुरक्षा स्रोतका अनुसार प्रधानमन्त्री शाह शनिबार बिहानै मुस्ताङतर्फ प्रस्थान गर्ने तयारीमा छन्। उनी शुक्रबार धादिङको ब्यारेकमा बिहानको खाना खाएर तनहुँको व्यास नगरपालिका–५, चापाघाटस्थित श्री कालिभञ्जन गणमा दिउँसो खाना खाएका थिए। त्यसपछि उनी पोखरा हुँदै अस्ताम पुगेका हुन्।

प्रधानमन्त्रीका लागि पोखरामै नेपाली सेनाले हेलिकप्टर तयारी अवस्थामा राखेको छ। यद्यपि, उनको मुस्ताङ भ्रमणको औपचारिक तालिका सार्वजनिक भएको छैन।

मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले प्रधानमन्त्रीको भ्रमणबारे आफूहरूलाई औपचारिक तालिका प्राप्त नभएको बताइन्। “उहाँको भ्रमणबारे समाचारमा जे आएको छ, त्यही हो। तालिका अहिलेसम्म प्राप्त भएको छैन,” उनले भनिन्।

प्रधानमन्त्रीको सुरक्षामा काठमाडौंस्थित सुरक्षा संयन्त्रबाटै टोली परिचालन गरिएको बताइएको छ। स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई उनको भ्रमणबारे पूर्वजानकारी नभएको अधिकारीहरूले बताएका छन्।

पर्यटकीय गाउँ अस्ताम

अस्ताम कास्कीको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। प्रधानमन्त्री शाहको निजी भ्रमणले गाउँको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पर्ने स्थानीयको अपेक्षा छ।

तर, प्रधानमन्त्रीको आगमनका क्रममा आफ्ना समस्या प्रत्यक्ष सुनाउन नपाउँदा स्थानीयवासी भने केही निराश देखिएका छन्। उनीहरूले भ्रमणका क्रममा प्रधानमन्त्रीसमक्ष खानेपानीलगायत स्थानीय समस्याबारे ध्यानाकर्षण गराउने अवसर मिल्ने अपेक्षा गरेका थिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

हिमालयको बदलिँदो जोखिम : अब विपद् आउनुअघि नै सोच्नुपर्ने समय

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

 राहत बाँड्ने राज्य होइन, जोखिम घटाउने र नागरिकलाई सुरक्षित बनाउने राज्य चाहिन्छ

कांग्रेस संस्थापनइतर पक्षले मंसिर २१ देखि छुट्टै महाधिवेशन गर्ने

रोहित गुप्तालाई २ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu