ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गगन थापाको चुनौती : ‘सबै असन्तुष्ट नेता एक भएर महाधिवेशनमा आउनुस्, मलाई हराइदिनुस्’


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   १० : १५   बजे

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका असन्तुष्ट नेताहरू एकजुट भएर १५औँ महाधिवेशनमा सहभागी हुन र आफूलाई पराजित गर्न चुनौती दिएका छन्।

असोज १६ गतेदेखि हुने भनिएको १५औँ महाधिवेशनबाट आफूलाई हराएर नेतृत्व परिवर्तन गर्न उनले असन्तुष्ट नेताहरूलाई आग्रह गरेका हुन्।

विशेष महाधिवेशनबाट आफू सभापति बनेकै कारण पार्टीमा अहिलेको अवस्था आएको भन्ने असन्तुष्ट पक्षका नेताहरूको आरोप रहेको उल्लेख गर्दै थापाले त्यसको निर्णय महाधिवेशनबाटै गर्नुपर्ने बताए।

“गगन थापा विशेष महाधिवेशनबाट सभापति भएको हुनाले पार्टीको यो अवस्था भयो भन्ने उहाँहरूको आरोप छ। पार्टीका बहुसंख्यक साथीको विश्वास पनि यही रहेको भन्ने दाबी छ,” थापाले भने, “अहिले सजिलो बाटो छ। सारा नेता एक हुनुभएको छ। भेट्रान नेताहरू सबै त्यहीँ हुनुहुन्छ। शेरबहादुर दाइ पनि त्यहीँ आएर जोडिनुभयो। महाधिवेशनमा आएर मलाई धूलो चटाइदिनुस्। मलाई सरासर हराइदिए भइहाल्यो नि।”

थापाले असोज १६ गते हुने १५औँ महाधिवेशनबाट आफूलाई पराजित गरेर असन्तुष्ट नेताहरूले आफूलाई ‘साइजमा’ ल्याउन सक्ने बताए।

उनले असन्तुष्ट नेताहरूको नियत खराब नभए पनि उनीहरूको राजनीतिक संगति नमिलेको टिप्पणी गरे।

थापाले पार्टीभित्रको विवादको समाधान अदालतबाट नभई महाधिवेशनबाट खोज्नुपर्ने सन्देशसमेत दिएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

शंखमुलको होस्टलमा कुटपिट र धारिलो हतियार प्रहारबाट युवकको मृत्यु

संस्थापनइतर पक्ष अदालत गएसँगै विवाद समाधानको पहल रोकियो : गगन थापा

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

वाणिज्य बैंकका सीईओ पनि गभर्नर बन्न पाउने, दुई वर्ष ‘कुलिङ अफ’ अवधि प्रस्ताव

ठूला तीन जलविद्युत् आयोजनामा बैंकको करिब १ खर्ब लगानी, ९८ अर्ब ३४ करोड ऋण जुट्यो

डीडीसीको घ्यू पहिलोपटक दुबई निर्यात, ६ सय किलो पठाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu