काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी विधानबमोजिम सातवटा विभाग गठन गर्दै संयोजक तथा पदाधिकारी तोकेको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले विभागहरूको जिम्मेवारी बाँडफाँट गरेको हो ।
पार्टीको सबैभन्दा महत्वपूर्ण मानिने संगठन विभागको नेतृत्व प्रमोद न्यौपानेलाई दिइएको छ । यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुखमा परराष्ट्रमन्त्री शिशिर खनाललाई जिम्मेवारी दिइएको छ ।
सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागको नेतृत्व विजय जैरुले गर्ने भएका छन् । जनस्वास्थ्य विभागको जिम्मेवारी डा. तोसिमा कार्की र पूर्वाधार विकास विभागको जिम्मेवारी निशा डाँगीलाई दिइएको छ ।
त्यस्तै, अर्थ विभागको प्रमुखमा लिमा अधिकारी आचार्य नियुक्त भएकी छन् । प्रशिक्षण विभागमा भने कमल सुवेदीलाई उपप्रमुखको जिम्मेवारी दिइएको छ ।
रास्वपाले विभागमार्फत संगठन विस्तार, जनगुनासो व्यवस्थापन, स्वास्थ्य तथा पूर्वाधार नीति, आर्थिक विषय, अन्तर्राष्ट्रिय सम्बन्ध र पार्टी प्रशिक्षणका गतिविधिलाई व्यवस्थित गर्ने जनाएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्