ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य


ABC NEWS
८ भदौ २०८३, सोमबार   १२ : १५   बजे

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपालबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्य गर्ने समझदारी भएको छ।

एनसीसी अध्यक्ष कमलेश अग्रवाल र एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले आज काठमाडौंमा आयोजित कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

समझदारीअनुसार नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन, व्यापार तथा उद्योगको विकास र उद्यमशीलता प्रवर्द्धनमा दुवै संस्थाले सहकार्य गर्नेछन्।

एनसीसी अध्यक्ष अग्रवालले समझदारीले गैरआवासीय नेपालीमार्फत नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सहयोग पुग्ने बताए। स्वदेशी तथा गैरआवासीय नेपाली व्यवसायीबीच सहकार्य विस्तारसँगै ज्ञान, नवप्रवर्तन र प्रविधि आदानप्रदानमा पनि समझदारीले मार्ग प्रशस्त गर्ने उनको भनाइ छ।

एनआरएनए अध्यक्ष डा. शर्माले नेपालका विभिन्न कानुनी जटिलताका कारण वैदेशिक लगानी भित्र्याउन समस्या भइरहेको बताए। समझदारीले व्यापार प्रवर्द्धन र प्रत्यक्ष वैदेशिक लगानीका लागि नीतिगत रूपमा सहज वातावरण निर्माण गर्न सहयोग पुग्ने उनले बताए।

समझदारीअनुसार एनसीसी र एनआरएनएले संयुक्त रूपमा लगानी सम्मेलन, रोड–शो, व्यापारिक शिखर सम्मेलन तथा अन्य व्यावसायिक कार्यक्रम आयोजना गर्नेछन्। यस्ता कार्यक्रममार्फत विदेशी तथा गैरआवासीय नेपाली लगानीकर्ता र नेपाली व्यवसायीबीच प्रत्यक्ष सम्पर्क तथा व्यावसायिक साझेदारीको अवसर सिर्जना गरिनेछ।

त्यस्तै, निर्यातमुखी उद्योग, साना तथा मझौला उद्यम (एसएमई) र स्टार्टअप प्रवर्द्धनमा पनि संयुक्त पहल गरिनेछ। क्षमता अभिवृद्धिका लागि तालिम, कार्यशाला तथा सेमिनार आयोजना गर्नुका साथै अनुभव, विशेषज्ञता र उत्कृष्ट अभ्यास आदानप्रदान गर्ने सहमति भएको छ।

व्यावसायिक वातावरण सुधारका लागि आवश्यक नीतिगत सुधारको सिफारिस गर्न तथा सरकार र सम्बन्धित सरोकारवालासँग संवाद र समन्वय गर्न पनि दुवै संस्थाले सहकार्य गर्नेछन्।

अध्यक्ष अग्रवालले आर्थिक नीति तथा कानुनी संरचनामा स्थिरता र स्पष्टता नभएसम्म स्वदेशी तथा विदेशी लगानीकर्तालाई पूर्ण रूपमा आकर्षित गर्न नसकिने बताए। समझदारी कागजमा मात्र सीमित नभई लगानी, व्यापार, रोजगारी र आर्थिक रूपान्तरणमा ठोस परिणाम दिने गरी कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।

अध्यक्ष शर्माले विश्वभर रहेका नेपालीको सीप, ज्ञान, अनुभव र पूँजीलाई नेपालको विकाससँग जोड्ने अभियानलाई प्राथमिकताका साथ अघि बढाइने बताए। एनआरएनएलाई विदेशमा रहेका नेपालीलाई एकीकृत गर्दै नेपालको आर्थिक, सामाजिक तथा लगानी विकासमा योगदान पुर्‍याउने साझा मञ्चका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गण्डकी सरकारबाट एमालेमन्त्रीहरूको राजीनामा रोकियो

राष्ट्रिय सभामा महिला समन्वय समिति गठन, रेणु चन्द संयोजक

सम्बन्धित

वकिलले सर्वोच्चको छतबाट हामफाल्न खोजे, सकुशल उद्धार

आप्रवासी श्रमिकको हित सुदृढ गर्न एनआरएनए र आईएलओबीच छलफल

‘अदालत सेटिङ’को आरोपप्रति कांग्रेस नेता दीपक खड्काको आपत्ति

नाडा अटो शोमा अवतार ०७ सार्वजनिक, मूल्य २ करोड २० लाखदेखि

नाडा अटो शोमा सवारी कर्जाको अफर, बैंकहरूले ५.१७ प्रतिशतदेखि ब्याजदर ल्याए

सप्तरीमा दुई वर्षीया बालिकाको हत्या, कान्छी आमा पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu