ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विवाह भएको दुई महिनामै युवतीको रहस्यमय मृत्यु, दाइजोका कारण यातना दिएको आरोप


ABC NEWS
८ भदौ २०८३, सोमबार   १२ : १५   बजे

महोत्तरी । विवाह भएको दुई महिना नपुग्दै दाइजोको विषयमा विवाद चर्किएका बेला महोत्तरीमा एक नवविवाहिताको रहस्यमय मृत्यु भएको छ ।

भारतको सुरसण्ड निवासी २२ वर्षीया शिवानी राउतको पिपरा गाउँपालिका–५ स्थित ससुरालीमा मृत्यु भएको हो । मृतककी आमा रुवी देवीले छोरीलाई ससुराली पक्षले दाइजोमा मोटरसाइकल र थप सुन माग गर्दै शारीरिक तथा मानसिक यातना दिएको र त्यसैका कारण मृत्यु भएको आरोप लगाएकी छन् ।

रुवी देवी जलेश्वर नगरपालिका–८, रमौलस्थित मामाघरमा मुण्डन कार्यक्रममा सहभागी हुन आएकी थिइन् । त्यही क्रममा छोरीलाई भेट्न पिपरा पुगेकी उनले शिवानीले ससुराली पक्षबाट दाइजोका लागि दबाब र यातना खेपिरहेको थाहा पाएको बताइन् ।

‘ससुरालीले मोटरसाइकल र सुन नदिएसम्म मेरो छोरीलाई कतै जान दिन्नन् भनेका थिए,’ रुवीले भनिन् ।

रुवीका अनुसार उनले दिउँसो करिब २ बजे छोरीलाई भेटेकी थिइन् । तर, केही घण्टामै साँझ शिवानीको मृत्यु भएको खबर पाएपछि उनी स्तब्ध भएकी थिइन् ।

प्रादेशिक अस्पताल जनकपुरमा शव परीक्षणका क्रममा छोरीको घाँटीमा निलडाम देखिएको रुवीले बताइन् । त्यसपछि ससुराली पक्षले घाँटी थिचेर हत्या गरेको आशंका गर्दै उनले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएकी छन् ।

जाहेरीमा मृतकका पति सजन राउत, देवरद्वय प्रेम राउत र निराजन राउत तथा सासू नूतन देवीलाई विपक्षी बनाइएको छ ।

परिवारका अनुसार शिवानीको विवाह २०८३ साल असार १६ गते सजन राउतसँग भएको थियो । विवाहमा दाइजो दिइए पनि त्यसपछि ससुराली पक्षले थप सुन र मोटरसाइकल माग गर्दै आएको थियो ।

मृतककी मामा दिपुकुमार कापरका अनुसार भदौ ४ गते राति करिब ७ बजे शिवानीले श्रीमान्, सासू र देवरहरूले मोटरसाइकल ल्याउन दबाब दिँदै आफूलाई शारीरिक यातना दिएको बताएकी थिइन् । कापरले दाइजोकै कारण शिवानीको मृत्यु भएको दाबी गरेका छन् ।

यता, ससुराली पक्षले भने शिवानीले झुन्डिएर आत्महत्या गरेको बताउँदै आएको छ । तर, मृतकको घाँटीमा देखिएको निलडामलगायतका कारण परिवारले घटनाको प्रकृतिमाथि प्रश्न उठाएको छ ।

शवलाई थप परीक्षणका लागि धरानस्थित अस्पताल पठाइएको छ । प्रहरीले पति र सासूसहित तीन जनालाई अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले जाहेरी प्राप्त भएको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भइरहेको बताए ।

प्रहरीका अनुसार हालसम्म शिवानीको मृत्यु हत्या, आत्महत्या वा अन्य कारणबाट भएको भन्ने यकिन भइसकेको छैन । पोस्टमार्टम रिपोर्ट तथा अनुसन्धानबाट मृत्युको वास्तविक कारण खुल्ने अपेक्षा गरिएको छ ।

दाइजोका कारण शिवानीले निरन्तर शारीरिक र मानसिक यातना भोग्नुपरेको परिवारको आरोप छ । ससुराली पक्षले भने हत्या आरोप अस्वीकार गर्दै आएको छ । घटनाको वास्तविकता भने प्रहरी अनुसन्धान र पोस्टमार्टम रिपोर्टपछि मात्रै स्पष्ट हुनेछ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गण्डकी सरकारबाट एमालेमन्त्रीहरूको राजीनामा रोकियो

राष्ट्रिय सभामा महिला समन्वय समिति गठन, रेणु चन्द संयोजक

सम्बन्धित

वकिलले सर्वोच्चको छतबाट हामफाल्न खोजे, सकुशल उद्धार

आप्रवासी श्रमिकको हित सुदृढ गर्न एनआरएनए र आईएलओबीच छलफल

‘अदालत सेटिङ’को आरोपप्रति कांग्रेस नेता दीपक खड्काको आपत्ति

नाडा अटो शोमा अवतार ०७ सार्वजनिक, मूल्य २ करोड २० लाखदेखि

नाडा अटो शोमा सवारी कर्जाको अफर, बैंकहरूले ५.१७ प्रतिशतदेखि ब्याजदर ल्याए

सप्तरीमा दुई वर्षीया बालिकाको हत्या, कान्छी आमा पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu