ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धरौटी तिर्न नसक्दा दुई कर्मचारी जेल चलान


एबीसी न्यूज
५ बैशाख २०७५, बुधबार   ९ : २३   बजे

 

मोरङ, ५  वैशाख  । मोरङ जिल्ला अदालतले तोकेको धरौटी तिर्न  राष्ट्रिय वाणिज्य बैंक रानी बन्दरगाहा शाखाका प्रबन्धक विष्णुप्रसाद निरौला र काउण्टर इन्चार्ज तोर्णराज राउत पूर्पक्षको लागि जेल चलान भएका हुन । उनीहरुलाई पैसा नभएको बैंक खाताको अकाउण्ट पेयी चेक दिएर भन्सारबाट माल सामान क्लियरिङ गराउन मिलोमतो गरी बैंकलाई ९ करोड ६१ लाख ५५ हजार घोटाला गरेको आरोप लागेको थियो ।

मोरङ जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद भण्डारी र बोलेन्द्र रुपाखेतीको संयुक्त इजलाशले निरौलालाई दुई करोड र राउतलाई २ करोड ५० लाख रुपैयाँ धरौटी माग गरेको थियो । अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि उनीहरु कारागार चलान भएका छन् ।

अदालतले बैंकका कर्मचारीलाई धरौटी मागेर जेल हाले पनि अहिलेसम्म भन्सारमा क्लियरिङ गरेर पैसा नै नभएको बैंकको चेक दिने भन्सार एजेण्टहरु अहिले पनि फरार छन् । अदालतको आदेशपछि बंैकिङ कसुरका मुख्य अभियुक्त भन्सार एजेन्टहरु सुरेश  बोहरा र ललित बोहरा फरार छन् ।

सुरेश क्लियरिङ एण्ड फर्वार्डिङ  सर्भिस विराटनगरका सञ्चालक  बोहराद्वयले विभिन्न कम्पनीका एकाउण्ट पेयी चेक भन्सारबाट राजश्व उठाउने नेपाल सरकारको बैंक खातामा जम्मा गरेका थिए  ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group