ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाडा अटो शोमा अवतार ०७ सार्वजनिक, मूल्य २ करोड २० लाखदेखि


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ६ : ०५   बजे

काठमाडौं । सीजी एमएडब्लू इभोलुसन प्रालिले नाडा अटो शो २०२६ को पहिलो दिन प्रिमियम विद्युतीय एसयूभी अवतार ०७ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।

अवतार ०७ को एमएडब्लू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवाल, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी, चांगान इन्टरनेसनल कर्पोरेसनका प्रतिनिधि दु काइजियान (केभिन) र एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा अनावरण गरेका हुन्।

‘स्मार्ट एलिगेन्स, एफर्टलेस लक्जरी’ अवधारणामा तयार गरिएको अवतार ०७ मा आधुनिक डिजाइन, इन्टेलिजेन्ट प्रविधि, आरामदायी क्याबिन तथा विद्युतीय कार्यक्षमता समेटिएको कम्पनीले जनाएको छ।

५७५ किलोमिटर रेन्ज

अवतार ०७ मा ८२.१६ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार एनईडीसी परीक्षण मापदण्डअनुसार पूर्ण चार्जमा यसले अधिकतम ५७५ किलोमिटरसम्म रेन्ज दिन्छ।

रियर ह्विल ड्राइभ पावरट्रेन रहेको गाडीले १९० किलोवाट अधिकतम पावर र ३६५ एनएम टर्क उत्पादन गर्छ। यसले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ७.७ सेकेन्डमा लिन सक्ने कम्पनीले जनाएको छ।

विलासी क्याबिन

अवतार ०७ को क्याबिनमा ३५.४ इन्चको फोर–के पानोरामिक डिस्प्ले र १५.६ इन्चको सेन्ट्रल टचस्क्रिन राखिएको छ।

यस्तै, नाप्पा लेदर अपहोल्स्ट्री, ६४ रङको एम्बियन्ट लाइटिङ तथा १६ स्पिकरसहितको पायोनियर अडियो सिस्टम उपलब्ध छ।

गाडीमा जिरो–ग्राभिटी फ्रन्ट सिट, सिट भेन्टिलेसन तथा हिटिङ, मसाज सुविधा, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो तथा ५० वाटको वायरलेस स्मार्टफोन चार्जरलगायत सुविधा छन्।

सुरक्षामा इन्टेलिजेन्ट प्रविधि

अवतार ०७ मा नौवटा एयरब्यागसहित विभिन्न इन्टेलिजेन्ट ड्राइभर असिस्टेन्स तथा सुरक्षा प्रणाली राखिएको छ।

कम्पनीका अनुसार यी प्रणालीलाई लाइडार, हाई–डेफिनिसन क्यामेरा तथा अल्ट्रासोनिक राडारले सहयोग गर्छन्।

२ करोड २० लाखदेखि मूल्य

नेपालमा अवतार ०७ को अधिकतम खुद्रा मूल्य २ करोड २० लाख रुपैयाँ तोकिएको छ। एफएचडी प्रणालीसहितको अवतार ०७ को मूल्य २ करोड ३० लाख रुपैयाँ निर्धारण गरिएको छ।

नाडा अटो शो २०२६ अवधिभर अवतारको पेभिलियनमा अवतार ०७ प्रत्यक्ष अवलोकन तथा अनुभव गर्न सकिने कम्पनीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अत्यावश्यक सामग्रीको ढुवानी सहज बनाउन चेम्बरले स्थापना गर्‍यो सहजीकरण डेस्क

भोटेकोशी बाढीमा बेपत्ता आफन्तको कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

Energy Sector Donates Rs. 21M to PM Disaster Relief Fund

बुढानीलकण्ठमा फुटबल रंगशाला बन्ने, राखेप र नगरपालिकाबीच सम्झौता

Former PM Prachanda Calls for Global Action on Climate Change Amid Nepal Flood Crisis

Nepal’s Tourism Sector Suffers Over Rs 50 Billion Losses from Bhotekoshi Flooding

Krishnabhir Section of Prithvi Highway to Resume Operations This Month: PM Shah

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu