ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीलाई नेतृत्वबाट हटाउने संकेतसहितको एमाले कार्यदल प्रतिवेदन पुनर्लेखन गर्न निर्देशन


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ६ : १५   बजे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउने संकेतसहित तयार पारिएको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदन पुनर्लेखन गर्न निर्देशन दिइएको छ।

एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले सातै प्रदेशका नेता तथा कार्यकर्तासँग छलफल गरी प्रतिवेदन तयार पारेको थियो। कार्यदलका सदस्य सचिव एवं एमाले महासचिव शंकर पोखरेलले ६५ पृष्ठको प्रतिवेदन तयार गरेका हुन्।

प्रतिवेदनमा पार्टीको संगठनात्मक संरचनासँगै नेतृत्वसमेत पुनर्गठन गर्नुपर्ने सुझाव दिइएको छ। प्रतिवेदनको बुँदा नम्बर १७ मा ‘पार्टी पुनर्गठनमा नेतृत्वको भूमिका र जिम्मेवारी’ शीर्षकअन्तर्गत नेतृत्व परिवर्तनका विषयसमेत समेटिएको छ।

प्रतिवेदनमा पार्टी पुनर्गठनका लागि नेतृत्व वा कार्यकर्ताको अग्रसरताबाट प्रक्रिया अघि बढाउन सकिने उल्लेख छ। कार्यकर्ताको अग्रसरतामा विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्थालाई पनि प्रतिवेदनमा जोड दिइएको छ।

एमाले विधानअनुसार महाधिवेशन प्रतिनिधि परिषद्का बहुमत सदस्य वा दुई तिहाइ जिल्ला कमिटीले माग गरेमा विशेष महाधिवेशन आह्वान गर्न सकिने व्यवस्था छ।

प्रतिवेदनमा विशेष महाधिवेशन सामान्यतया नेतृत्वको चाहनाअनुसार नहुने वैधानिक प्रक्रिया भएको उल्लेख गर्दै पार्टी पुनर्गठनका लागि अध्यक्ष स्वयंले अग्रसरता लिनुपर्ने सुझाव दिइएको छ।

‘पार्टी नेतृत्वले नै पार्टी पंक्तिको चाहना र भावनाको प्रतिनिधित्व गरेर पार्टी शुद्धीकरण, सुदृढीकरण र रुपान्तरणसहितको पार्टी पुनर्गठनको अगुवाइ गर्नुपर्दछ,’ प्रतिवेदनमा उल्लेख गरिएको छ।

ओलीको असन्तुष्टि, प्रतिवेदन पुनर्लेखन हुँदै

कार्यदलले औपचारिक रूपमा प्रतिवेदन बुझाउनुअघि नै यसको सामग्री अध्यक्ष ओलीसम्म पुगेको थियो। प्रतिवेदनमा नेतृत्व पुनर्गठनको विषय समेटिएकोप्रति ओलीले असन्तुष्टि जनाउँदै महासचिव पोखरेललाई प्रतिवेदन पुनर्लेखन गर्न निर्देशन दिएको बताइएको छ।

अहिले कार्यदल प्रतिवेदन संशोधन तथा पुनर्लेखनमा जुटेको जनाइएको छ।

७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा

कार्यदलले एमालेमा यसअघि रहेको ७० वर्षे उमेर हद तथा नेतृत्वमा दुई कार्यकालको सीमा पुनः लागू गर्न सुझाव दिएको छ। यी विषयमा थप छलफल आवश्यक रहेको प्रतिवेदनमा उल्लेख गरिएको बताइएको छ।

गुण्डुमा भदौ ४ गते भएको छलफलमा एमालेका केही नेताले नेतृत्व परिवर्तनको विषय उठाएका थिए। उक्त छलफलपछि कार्यदलले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदन तयार गरेको बताइएको छ।

प्रतिवेदनको अन्तिम स्वरूप भने अध्यक्ष ओलीको निर्देशनपछि पुनर्लेखनबाट तय हुने भएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अत्यावश्यक सामग्रीको ढुवानी सहज बनाउन चेम्बरले स्थापना गर्‍यो सहजीकरण डेस्क

भोटेकोशी बाढीमा बेपत्ता आफन्तको कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

Energy Sector Donates Rs. 21M to PM Disaster Relief Fund

बुढानीलकण्ठमा फुटबल रंगशाला बन्ने, राखेप र नगरपालिकाबीच सम्झौता

Former PM Prachanda Calls for Global Action on Climate Change Amid Nepal Flood Crisis

Nepal’s Tourism Sector Suffers Over Rs 50 Billion Losses from Bhotekoshi Flooding

Krishnabhir Section of Prithvi Highway to Resume Operations This Month: PM Shah

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu