ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढीले रसुवाका बस्ती खण्डहर, उद्धारको पर्खाइमा सयौँ नागरिक


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ८ : ५५   बजे

रसुवा । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि आएको बाढीले प्रभावित क्षेत्रका बस्तीहरूमा ठूलो विनाश निम्त्याएको छ। बाढीले घर, संरचना र सडक बगाएपछि स्थानीयवासी खुला आकाशमुनि पुगेका छन् भने कतिपय घाइते अवस्थामा उद्धारको पर्खाइमा छन्।

बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकप्टर पुग्दा स्थानीयवासी हात हल्लाउँदै सहयोगको याचना गरिरहेका देखिन्थे। आकाशमा हेलिकप्टर देख्नेबित्तिकै बाँच्ने आशाले माथितिर हेर्ने र उद्धारका लागि संकेत गर्नेहरूको अवस्था अत्यन्तै दयनीय रहेको उद्धारमा खटिएका पाइलटहरूले बताएका छन्।

हेलिकप्टरबाट टिमुरे, धुन्चे, मैलुङ, स्याफ्रुबेसी, बेत्रावती र विदुरलगायत क्षेत्रमा पुग्दा बाढीले बस्ती नै खण्डहर बनाएको दृश्य देखिएको छ। कति मानिस बेपत्ता छन् भन्ने यकिन विवरण आइसकेको छैन। तर उद्धारमा खटिएका पाइलटका अनुसार धेरै मानिस बाढीमा परेका छन्।

कैलाश हेलिकप्टरका पाइलट निश्चल अधिकारीका अनुसार कतिपय घाइतेको हातखुट्टा भाँचिएको छ भने केही मानिस माटोमा पुरिएका छन्। उहाँले पहिले बाक्लो बस्ती रहेका स्थानमा अहिले एउटा पनि घर नरहेको बताउनुभयो।

‘कसैको हात भाँचिएको छ त कसैको खुट्टा । अवस्था एकदमै विजोड छ। कोही माटोमा पुरिएका छन्,’ उहाँले भन्नुभयो, ‘पहिले बाक्लो रहेको बस्तीमा अहिले एउटै घर छैन।’

बाढी खोलाको सतहदेखि करिब २७० फिट माथिसम्मका बस्तीमा पसेको बताइएको छ। भागेर ज्यान जोगाउन सफल स्थानीयवासी बस्तीभन्दा माथिका डाँडामा आश्रय लिन पुगेका छन्। कतिपय भने बाढीले घेरिएका घरका छतबाट उद्धारको याचना गरिरहेका छन्।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। तर रसुवा, नुवाकोट, धादिङ र गोरखाका विभिन्न प्रभावित क्षेत्रमा सडक तथा भौतिक संरचना बगाएका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।

रसुवागढी नाकामा ठूलो क्षति

बाढीले रसुवागढी नाकामा समेत ठूलो क्षति पुर्‍याएको छ। नाका क्षेत्रमा एउटा पनि भवन बाँकी नरहेको बताइएको छ। अघिल्लो बाढीबाट क्षतिग्रस्त संरचना पुनः सञ्चालनमा आउन थालेको अवस्थामा यसपटकको बाढीले नेपाल र चीनतर्फका संरचनासमेत बगाएको हो।

बाढीले ठूला भवन तथा अन्य संरचना बगाएर खोलाको बीच भागसम्म पुर्‍याएको छ। नाकामा राखिएका सवारीसाधन हिलोमा पुरिएका छन् भने कतिपय सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्। बाढीपछि सडकको सीमासमेत पहिचान गर्न कठिन भएको छ।

प्रभावित क्षेत्रमा निर्माणाधीन तथा सञ्चालनमा रहेका केही जलविद्युत् आयोजनामा समेत क्षति पुगेको बताइएको छ। आयोजनामा कार्यरत केही कर्मचारी उद्धारको पर्खाइमा रहेको जानकारी प्राप्त भएको छ। यद्यपि कुन–कुन आयोजनामा कति क्षति भयो भन्ने यकिन विवरण आइसकेको छैन।

रसुवाको सदरमुकाम धुन्चे भने सुरक्षित रहेको छ। विभिन्न स्थानबाट उद्धार गरिएका घाइतेलाई धुन्चे ल्याएर उपचार तथा थप उद्धारको व्यवस्था मिलाइएको छ।

हेलिप्याड नभएपछि बारीका कान्लाबाट उद्धार

प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले प्रभावित क्षेत्रमा सडक पहुँच पूर्ण रूपमा अवरुद्ध भएकाले उद्धारमा कठिनाइ भइरहेको बताउनुभयो।

‘अहिले कतै पनि बाटोको पहुँच छैन, धुन्चे चाहिँ सुरक्षित छ। क्षति धेरै भएको छ, अहिले घाइतेहरूको उद्धार भइरहेको छ,’ उहाँले भन्नुभयो।

गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। उद्धारमा खटिएका पाइलट अधिकारीका अनुसार प्रभावित क्षेत्रमा व्यवस्थित हेलिप्याडसमेत नरहेकाले बारीका कान्ला र खुला स्थानमा हेलिकप्टर अवतरण गराएर उद्धार गर्नुपर्ने अवस्था छ।

‘हेलिप्याड छैन, बारीका कान्लामा हेलिकप्टर अवतरण गरेर मानिसहरूको उद्धार गरिरहेका छौँ,’ उहाँले भन्नुभयो।

उहाँका अनुसार आफू पहिलोपटक प्रभावित क्षेत्रमा पुग्दा बाक्लो बस्ती रहेको ठाउँ अहिले पूर्ण रूपमा खण्डहर बनेको थियो।

‘पहिला जाँदा बाक्लो बस्ती थियो, अहिले खण्डहर बनेको छ। गाउँहरू कतै पनि छैनन्,’ उहाँले भन्नुभयो।

तीर्थयात्री पनि बाटोमै अलपत्र

बाढीका कारण गोसाइँकुण्ड जाने तीर्थयात्रीसमेत बाटोमै अलपत्र परेका छन्। जनैपूर्णिमाको अवसरमा गोसाइँकुण्ड जाने तयारीमा रहेका यात्रुहरू बाटोमै रोकिएका छन्। कैलाश पर्वततर्फ जाने यात्रु तथा अन्य नागरिकसमेत प्रभावित क्षेत्रमा रोकिएका छन्।

साँझ परेसँगै घरबारविहीन बनेका नागरिक खुला आकाशमुनि बस्न बाध्य भएका छन्। ज्यान जोगाउन सफल भएकाहरू अहिले खाना, पानी र सुरक्षित आश्रयको पर्खाइमा छन्।

चीनतर्फबाट बाढी आएको आशंका

बाढीको वास्तविक कारणबारे भने अहिलेसम्म यकिन हुन सकेको छैन। प्रमुख जिल्ला अधिकारी परियारका अनुसार नेपालतर्फ बाढी आउनुअघि ठूलो वर्षा भएको थिएन। त्यसैले चीनतर्फबाट अचानक पानीको ठूलो बहाव आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

‘अकस्मात् बाढी आयो, धेरै थोक नोक्सान भएको छ। तल्लो तटमा हाइड्रोका आयोजना बगेका छन्, घरहरू बगेका छन् र धेरै घाइते भएका छन्,’ उहाँले भन्नुभयो।

उहाँले नेपालतर्फ ठूलो हिमताल वा ग्लेसियर फुटेको प्रारम्भिक जानकारी नरहेको बताउनुभयो।

‘हाम्रो साइडमा ठूलो खालको ग्लेसियर थिएन, पारिबाट आएको भन्ने छ। यता पानी परेको थिएन, हिजो राति धुन्चेतिर अलिअलि परेको थियो तर बाढी आउने गरी परेको छैन,’ उहाँले भन्नुभयो।

बाढीको कारण र क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ। तत्काल प्राथमिकता भने प्रभावित नागरिकको खोजी, उद्धार, उपचार तथा सुरक्षित स्थानमा स्थानान्तरणमा केन्द्रित गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस इतर समूहले छुट्टै महाधिवेशनको तयारी थाल्यो

प्रहरीका आईजीपीदेखि कार्यालय सहयोगीसम्मले ४० करोड सहयोग गर्ने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

हेभिवेट एसियाली राष्ट्रसँग भिड्दै नेपाल, ब्याडमिन्टनमा क्वार्टरफाइनल लक्ष्य

कांग्रेस इतर समूहले छुट्टै महाधिवेशनको तयारी थाल्यो

रसुवा बाढीबारे संसद्बाट विशेष प्रस्ताव पारित

Criminal Fraudsters Threaten America’s Public Lands and Wildlife

Low-Wage Workers Face Threats as Corporate Leaders Remain Silent

Imagining a World Without 9/11: The Impact on America and Beyond

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu