ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोसाइँकुण्ड तीर्थयात्रामा गएको गोरखाको बस सम्पर्कविहीन, ३० यात्रु अझै बेपत्ता


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ८ : ५५   बजे

गोरखा । गोरखाको पालुङटार नगरपालिका–५ र ४, ठाँटीपोखरीबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि छुटेको बस सम्पर्कविहीन भएपछि बसमा सवार यात्रुको विवरण सार्वजनिक भएको छ।

बुधबार बिहान ५ बजे ठाँटीपोखरीबाट रसुवाको गोसाइँकुण्डतर्फ गएको ग १ ख ११५२ नम्बरको बसमा चालक र सहचालकसहित ३६ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो।

उहाँका अनुसार हालसम्म रविन्द्र देवकोटा, तुलाराम देवकोटा, बद्रीप्रसाद देवकोटा, बाबुराम देवकोटा, पार्वती न्यौपाने र सहचालक नीरज भण्डारी गरी ६ जना सुरक्षित सम्पर्कमा आउनुभएको छ।

बसमा सवार अन्य ३० जना भने अझै सम्पर्कविहीन हुनुहुन्छ। उहाँहरूको अवस्थाबारे गोरखा प्रहरीले रसुवा, नुवाकोटलगायत जिल्लाका प्रहरी तथा सम्बन्धित निकायसँग समन्वय गरी खोजी गरिरहेको जनाएको छ।

सम्पर्कविहीन हुनेमा कमला पण्डित, कृष्णलाल देवकोटा, केदार पण्डित, घनश्याम देवकोटा, उहाँकी श्रीमती, तारा रानाभाट, तुलराम देवकोटाकी श्रीमती, दिलबहादुर खत्री, पदमकुमारी देवकोटा, बाबुराम देवकोटाकी श्रीमती, राहरी देवकोटा, माया देवी देवकोटा, माया देवी खड्का, मिठुमाया अम्गाई, मधुमाया पण्डित र मुरारी खत्री हुनुहुन्छ।

त्यस्तै राममाया देवकोटा, रामहरि देवकोटाकी श्रीमती, रविन्द्र देवकोटाकी आमा, सागर देवकोटा, सरिता अधिकारी पण्डित, सम्झना देवकोटा, सुजाता कौडेल, सुमी कुमाल, सुष्मा न्यौपाने पोखरेल, सुष्मिता कुँवर, शारदा देवकोटा, मुक्ति अम्गाई, दुर्गा देवकोटा र गोमा पपने पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

बससँग सम्पर्क टुटेपछि यात्रुका आफन्तले तत्काल खोजी तथा उद्धारको पहल गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। पालुङटार नगरपालिका प्रमुख विवश चिन्तनका अनुसार यात्रुमध्ये केहीसँग मोबाइल सम्पर्क भए पनि सबैसँग सम्पर्क हुन सकेको छैन।

प्रहरी नायब उपरीक्षक श्रेष्ठले सम्पर्कमा आएका यात्रुबाट बसको अवस्था र उनीहरू कहाँसम्म पुगेका थिए भन्नेबारे थप जानकारी लिने प्रयास भइरहेको बताउनुभयो।

बस कहाँ पुगेको थियो, अहिले बसको अवस्था के छ र यात्रुहरू सम्पर्कविहीन हुनुको वास्तविक कारण के हो भन्नेबारे अहिलेसम्म स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन। प्रहरीले सम्बन्धित जिल्लाका सुरक्षा निकायसँग समन्वय गरी खोजी तथा उद्धारको काम अघि बढाइरहेको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस इतर समूहले छुट्टै महाधिवेशनको तयारी थाल्यो

प्रहरीका आईजीपीदेखि कार्यालय सहयोगीसम्मले ४० करोड सहयोग गर्ने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

हेभिवेट एसियाली राष्ट्रसँग भिड्दै नेपाल, ब्याडमिन्टनमा क्वार्टरफाइनल लक्ष्य

कांग्रेस इतर समूहले छुट्टै महाधिवेशनको तयारी थाल्यो

रसुवा बाढीबारे संसद्बाट विशेष प्रस्ताव पारित

Criminal Fraudsters Threaten America’s Public Lands and Wildlife

Low-Wage Workers Face Threats as Corporate Leaders Remain Silent

Imagining a World Without 9/11: The Impact on America and Beyond

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu