ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी प्रभावित क्षेत्रमा जेनेरेटर र सोलारबाट चल्ने मोबाइल टावर पठाइँदै


ABC NEWS
११ भदौ २०८३, बिहिबार   १० : १५   बजे

काठमाडौं । भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा विद्युत् तथा सञ्चार पूर्वाधारमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा जेनेरेटर र सोलारबाट चल्ने पोर्टेबल मोबाइल टावर पठाइने भएको छ।

बुधबार आएको विनाशकारी बाढीले विद्युत् संरचनामा क्षति पुर्‍याउँदा धेरै स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ। विद्युत् अभावसँगै मोबाइल सेवा समेत प्रभावित भएपछि बाढी प्रभावित क्षेत्रसँग सञ्चार सम्पर्क स्थापित गर्न कठिनाइ भइरहेको छ।

सञ्चार सम्पर्क विच्छेद हुँदा प्रभावित क्षेत्रका नागरिकको अवस्था बुझ्न तथा परिवारसँग सम्पर्क गर्न समस्या भएको छ। यसले खोज तथा उद्धार कार्यमा समेत कठिनाइ थपिएको छ।

यही अवस्थालाई मध्यनजर गर्दै सरकारले वैकल्पिक माध्यमबाट सञ्चार सेवा सञ्चालन गर्ने तयारी गरेको हो। आवश्यक सञ्चार उपकरण हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले प्रभावित क्षेत्रमा अत्यावश्यक राहत सामग्रीसँगै जेनेरेटर, पोर्टेबल मोबाइल टावर र मोबाइल चार्जिङको अस्थायी व्यवस्था गर्न लागिएको जानकारी दिएका छन्।

उनले सामाजिक सञ्जालमार्फत छिट्टै विपद् प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था गरिने बताएका छन्। यसबाट प्रभावित क्षेत्रसँग सञ्चार सम्पर्क स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

७ टावरमा क्षति

प्रारम्भिक विवरणअनुसार बाढीले नेपाल टेलिकमका रसुवामा २ वटा र नुवाकोटमा ५ वटा गरी ७ वटा मोबाइल टावरमा क्षति पुर्‍याएको छ।

त्यस्तै, एनसेलको फाइबर अप्टिकल केबलसमेत बाढीले बगाएको छ। दुवै दूरसञ्चार कम्पनीका प्राविधिक टोली प्रभावित क्षेत्रमा पुगेर सेवा पुनःस्थापनाको प्रयासमा जुटेका छन्।

तर विद्युत् आपूर्ति अवरुद्ध हुनुका साथै सडक तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेकाले सञ्चार सेवा तत्काल पूर्णरूपमा सञ्चालन गर्न चुनौती देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सञ्चारमन्त्री तिमिल्सिनाद्वारा बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी

टिमुरेबाट १०५ जनाको उद्धार, टनेलबाट थप ७ जना निकालिए

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सञ्चारमन्त्री तिमिल्सिनाद्वारा बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी

टिमुरेबाट १०५ जनाको उद्धार, टनेलबाट थप ७ जना निकालिए

रसुवा बाढीमा मृत्यु भएका ९ जनाको शव पोस्टमार्टमका लागि पोखरा ल्याइयो

रसुवामा बाढी : जलविद्युत् आयोजनामा कार्यरत १९६ भन्दा बढी कर्मचारी सम्पर्कविहीन

Israel Continues Military Operations in Syria and Lebanon Amidst US Diplomatic Efforts

Qatari Prime Minister to Visit Tehran Amidst Stalled US-Iran Talks

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu