ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढीबारे सिंहदरबारमा सर्वदलीय बैठक सुरु


ABC NEWS
११ भदौ २०८३, बिहिबार   १० : २५   बजे

काठमाडौँ । सिंहदरबारमा आज बिहान प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सम्मिलित सर्वदलीय बैठक सुरु भएको छ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बैठक बसेको हो।

बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव तथा नेता महन्थ ठाकुरलगायत सहभागी छन्।

भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षति, बेपत्ताको खोजी तथा उद्धार, राहत वितरण र प्रभावितको पुनःस्थापनालगायत विषयमा बैठकमा छलफल भइरहेको छ।

विपद् व्यवस्थापनमा साझा पहल

रास्वपा सभापति लामिछानेले प्राकृतिक विपद्का कारण उत्पन्न संकट समाधानका लागि प्रमुख राजनीतिक दलहरूबीच साझा धारणा र सहकार्य आवश्यक रहेको भन्दै बैठक बोलाएका हुन्।

बैठकमा बाढीमा बेपत्ता भएकाहरूको खोजीलाई थप प्रभावकारी बनाउने, उद्धार गरिएकाहरूको उचित व्यवस्थापन गर्ने तथा प्रभावित क्षेत्रमा तत्काल राहत र अत्यावश्यक सामग्री पुर्‍याउने विषयमा छलफल हुने बताइएको छ।

साथै, विपद्पछिको पुनःस्थापना तथा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा राजनीतिक दलहरूले निर्वाह गर्नुपर्ने भूमिकाबारे समेत बैठकमा छलफल हुने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सञ्चारमन्त्री तिमिल्सिनाद्वारा बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी

टिमुरेबाट १०५ जनाको उद्धार, टनेलबाट थप ७ जना निकालिए

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सञ्चारमन्त्री तिमिल्सिनाद्वारा बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी

टिमुरेबाट १०५ जनाको उद्धार, टनेलबाट थप ७ जना निकालिए

रसुवा बाढीमा मृत्यु भएका ९ जनाको शव पोस्टमार्टमका लागि पोखरा ल्याइयो

रसुवामा बाढी : जलविद्युत् आयोजनामा कार्यरत १९६ भन्दा बढी कर्मचारी सम्पर्कविहीन

Israel Continues Military Operations in Syria and Lebanon Amidst US Diplomatic Efforts

Qatari Prime Minister to Visit Tehran Amidst Stalled US-Iran Talks

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu