ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नुवाकोटका बाढी प्रभावित क्षेत्रमा वैकल्पिक लाइनमार्फत विद्युत् सेवा सुचारु


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ११ : ३५   बजे

काठमाडौं । बाढीका कारण विद्युत् सेवा प्रभावित बनेका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् आपूर्ति पुनः सुचारु गरेको छ।

प्राधिकरणका अनुसार खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या र विदुरलगायत क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति व्यवस्था मिलाइएको हो।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार चपली सबस्टेसनबाट चपली–देवीघाट ६६ केभी लाइनलाई ११ केभीमा चार्ज गर्ने तथा बालाजु–त्रिशूली ६६ केभी लाइनलाई ११ केभीमा चार्ज गर्ने काम भइरहेको छ। आवश्यक प्राविधिक काम पूरा गरी ती लाइन पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए।

प्राधिकरणले आज साँझसम्म विद्युत् सेवा थप नियमित बनाउने प्रयास भइरहेको जनाएको छ।

त्रिशूली क्षेत्रमा पनि वैकल्पिक आपूर्ति

त्रिशूली क्षेत्रका केही स्थानमा धादिङको सल्यानटार सबस्टेसनमार्फत विद्युत् आपूर्ति गर्ने वैकल्पिक व्यवस्था गरिएको छ।

बाढीबाट नियमित प्रसारण संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रमा वैकल्पिक स्रोत प्रयोग गरी विद्युत् सेवा सञ्चालनमा ल्याउने काम भइरहेको प्राधिकरणले जनाएको छ।

प्राविधिक टोली परिचालन

विद्युत् सेवा यथाशीघ्र नियमित बनाउन प्राधिकरणले काठमाडौं तथा आसपासका क्षेत्रबाट दक्ष प्राविधिक जनशक्ति, उपकरण र आवश्यक स्रोतसाधनसहितका टोली नुवाकोटमा परिचालन गरेको छ।

टोलीले बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको निरीक्षण, मर्मत तथा वैकल्पिक विद्युत् आपूर्ति व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विपद्मा सबै दल एकजुट भएर जुटौँ : गगन थापा

रसुवा बाढी: कञ्चनपुरका २६ नागरिक सम्पर्कविहीन, खोजीमा जुट्यो प्रहरी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विपद्मा सबै दल एकजुट भएर जुटौँ : गगन थापा

रसुवा बाढी: कञ्चनपुरका २६ नागरिक सम्पर्कविहीन, खोजीमा जुट्यो प्रहरी

अपर त्रिशूली–३ ‘ए’ मा सेनाको हेलिकप्टर अवतरण, उद्धार र क्षति मूल्यांकन सुरु

भोटेकोसी बाढी प्रभावित क्षेत्रमा ७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

नारायणी नदीबाट ६७ शव संकलन

नारायणी नदीबाट ६७ शव संकलन, चितवनमा शव व्यवस्थापनको समस्या

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu